प्रतिभा प्रदर्शनमा मिस लिटिल नेवाः

केके मानन्धर

भर्खरकी देखिने किशोरीले दर्शकदीर्घामा रहेका व्यक्तित्वलाई फूलको वर्षा गर्दा एक ढंगको रोमान्चित वातावरण सिर्जना भएको थियो । त्यो क्षणको सिर्जना गर्ने अरु नभएर मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शोकी प्रतिस्पर्धी नयना शाक्य थिइन् । काठमाडौं कान्तिपथस्थित राष्ट्रिय नाचघरको स्टेजमा कुटुम्ब व्याण्डको संगीतसँगै त्यो वातावरण बनेको थियो ।

लगत्तै १४ नम्बरकी प्रतिस्पर्धी प्रनिधि मानन्धरले अंग्रजी भाषामा शिक्षाको आवश्यकता विषयमा बोलिरहँदा सबका सब दर्शहरु मन्त्रमुग्ध थिए । त्यसमाथि १५ नम्बरकी सिचु मानन्धरको हुलाउ नृत्यमा कलःबाट फूल छर्दै, कम्मरमा रिङ घुमाउँदै थालमाथि चढेर एकैचोटी प्रस्तुती दिइरहँदा नाचघरको दृश्य हेर्न लायकको थियो । अझ बाँसुरीले मालश्री धुन बजाइसकेर प्लेकार्डमा विभिन्न जातजातिहरुको सांस्कृतिक विविधता नै राष्ट्रियता हो भन्ने सन्देश प्रवाह गरिँदा सुनमा सुगन्ध थपिएको महसुस हुन्थ्यो । त्यस्तै, सारिका श्रेष्ठले भाषा, लिपि, कला, संस्कार र संस्कृतिको महत्व विषयमा करिव ३ मिनेटको मन्तव्य राखेकी थिइन् । प्रतियोगितामा सहभागी भएका अन्य किशोरीहरुले पनि आआफ्नै ढंगले क्षमता प्रस्तुत गरेका थिए । त्यसमध्ये नेवार भाषा नजानेकी दाङकी पाँच नम्बरकी प्रतिस्पर्धी सफलताले नेपालभाषाको गीत प्रस्तुत गरेकी थिइन् । कोही मौलिक संस्कृति संरक्षण गर्नुपर्ने विचार राख्दै प्रस्तुत भएका देखिन्थे भने कोही नृत्य, गायन, चित्रकला तथा अभियन देखाउँदै थिए ।

भाषा, संस्कृति, संस्कार र ज्ञानलाई पुस्तान्तरण गर्ने उद्देश्यले नेपलिज फेसन होमले विगत १७ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दैआएको अध्यक्ष हेमा मानन्धरले बताइन् । नयाँ पुस्ताका किशोरीहरुलाई उभ्याउँदै उनीहरुभित्र सीमित रहेको क्षमता अभिवृद्धि गरी प्रस्फुटन गर्ने डबली बनाउँनकै लागि आफु नेपालमा बसेको उहाँको दाबी थियो । परिवारका अधिकांस सदस्यहरु विदेशिए पनि आफु भने समुदायको पहिचान जोगाउने अभियानमा लागेको बताइन् ।

प्रतियोगितामा मिस नेवाःकी फस्ट रनरअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी छ । त्यस्तै मिस नेवाः सुनिता डंगोल र नितु डंगोलले नेपाल भाषाको प्रशिक्षण दिइरहेका छन् ।

आयोजक समितिले आउँदो कात्तिक २७ गते शनिबार नाचघरमा मिस लिटिल नेवाः ११४१ को मुख्य प्रतियोगिता गर्दैछ । यसअघि प्रतिस्पर्धी किशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराएको थियो ।
मिस लिटिल नेवाः ११४१ मा सहभागी किशोरीहरुः
१० नयना शाक्य
२० आर्या श्रेष्ठ
३० तिसा तण्डुकार
४० क्रिष्टिना महर्जन
५० सफलता श्रेष्ठ
६० सनिष्मा महर्जन
७० वितिशा कंसाकार
८० सिम्रिक श्रेष्ठ
९० एन्जिला महर्जन
१०० इभानजलिना महर्जन
११० रिकिस्ना डंगोलु
१२० सलिष्का महर्जन
१३० प्रकृति महर्जन
१४० प्रनिधि मानन्धर
१५० सिचु मानन्धर
१६० सफलता श्रेष्ठ
१७० सान्भी श्रेष्ठ
१८० सारिका श्रेष्ठ
१९० आर्या खपे श्रेष्ठ
२०० केभिया श्रेष्ठ
२१० दिमी श्रेष्ठ
२२० युनिका बादे

कार्यक्रममा सहभागी निर्णायक मण्डली तथा अतिथिहरु
१० मिस नेवाः ११४१ कृषा महर्जन
२० वल्र्ड क्योकुसिन काई कराँते फेडरेशनका उपाध्यक्ष अशोककुमार श्रेष्ठ
३० लायन्स अन्तर्राष्टिय डिष्ट्रिक ३२५ बी १ नेपालका भाइस डिष्ट्रिक गर्भनर मणि श्रीरत्न बज्राचार्य
४० लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालका क्षेत्रीय सभापति इन्द्ररत्न बज्राचार्य
५० नेपाल लिपि गुठीका उपाध्यक्ष अनिल स्थापित
६० प्रा। डा। हरिदर्शन श्रेष्ठ
७० मिस नेवाः नेपाल ११४१ की उपविजेता संगीता महर्जन
८० गायक तथा संगीतकार कन्हैया सिंह परियार ।