नियन्त्रित खानाले राख्छ डायबिटिजबाट टाढा

रगतमा ग्लुकोजको स्तर बढी हुने मधुमेह अर्थात्  डायबिटिज एक खतरनाक रोग हो।  तर नियन्त्रित खानपान र व्यायामले यसबाट टाढै रहन सक्ने कुरा अनुसन्धानहरुबाट पुष्टि भइसकेकाे छ । वंशाणुगत रुपमै पनि लाग्न सक्ने याे राेगबाट व्यायाम र उचित खानपिनबाट नियन्त्रण गर्न सकिन्छ ।  टाइप ए, टाइप बि र गेस्टेश्नल गरी तीन थरी डायबिटिज हुन्छन । करिव ९० प्रतिशतलाइ हुने टाइप बि डायबिटिज हाे । यहाँ यसैकाे केही चर्चा गर्दैछु ।

के हाे डायबिटिज?

भोजन पेटमा गइसकेपछि एकप्रकारको इन्धन ग्लुकोजमा परिवर्तन  हुन्छ । ग्लुकोज हाम्रो रगतमा पाउन सकिन्छ जसमार्फत् उक्त ग्लूकोज शरीरका अन्य कोषिकाहरूमा पनि पुग्ने गर्दछ। मानिसको शरीरमा प्याङ्क्रियाजले ग्लूकोज उत्पन्न गर्ने गर्दछ। जब रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ तब रगतमा रहेको कोलेस्ट्रोल शरीरका विभिन्न कोषिकाहरूमा चारैतर्फ फैलने गर्दछ। यसका कारण रगतमा रहेको ग्लूकोजलाई कोषिकाहरूले ग्रहण गर्न सक्दैन । रगतमा इन्सुलिनको मात्रा जब राम्राे हुन जान्छ तब मात्र शरीरले ग्लूकोज ग्रहण गर्न सक्दछ। खराब कोलेस्ट्रोलका कारण इन्सुलिनको द्वार खुल्न सक्दैन जसले गर्दा ग्लूकोज ग्रहणमा कमी आउन जान्छ फलस्वरुप चिनीको मात्रा शरीरमा वृद्धि हुनगई डायबिटिज लाग्ने गर्दछ ।

यसका लक्षणहरु 
धेरै तिर्खा लाग्नु, पिसाब छिनछिनमा लाग्नु, शरीर एकदमै थाक्नु, तौल घट्नु, आँखा कमजोर हुनु, शरीर चिलाउनु आदि

के खाने के नखाने

सलाद, तरकारी तथा सागपातहरु, चिनी नहालेको चिया, कफी, तरकारीका सुपहरु डायबिटिज राेगी वा याे राेगबाट बच्न अत्यन्त लाभदायक मानिन्छन् । पाउरोटी, भात, आलु, रोटी, तरूलजस्ता कार्बोहाइडेट धेरै भएका खानाहरु तथा चिनी र अन्य गुलिया खानेकुराहरुबाट टाढा रहनु उचिन हुनेछ ।

जीवनशैली परिवर्तन

नियमित व्यायाम, खाली पेटमा व्यायाम नगर्ने, व्यायाम पहिले, बीचबीचमा र पछि पनि पानी पिउनु लाभदायक हुन्छ ।  एकैपल्ट धेरै खाना नखाने र सानाे सानाे मात्रामा धेरै पटक खाना खानु उत्तम हुन्छ । ताैल बढि भएमा ताैल घटाउन आवश्यक छ ।