दुर्घटनामा नौ जनाको मृत्यु

विभिन्न जिल्लामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । नवलपरासीका तीन ठाउँमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नवलपरासीको दाउन्नेमा ट्रक पल्टिँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै नवलपरासीकै ज्यामिरेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ज्यामिरेकी १३ वर्षीया रमिता चौधरीको मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक फरार छन् । त्यस्तै नवलपरासीकै विदेश्वरी गाविसको वडा नम्बर ६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । ना। २ त ६७९९ नम्बरको ट्याक्टरबाट खसेर ३५ वर्षीय गौमती भूर्तेलको मृत्यु भएको हो । त्यसैगरी दाङको घोराहीस्थित चौपट्टामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौं आउँदै गरेको ना। २ ख ४९५५ नम्बरको बस सडकबाट तीन सय मिटर तल खसेर रुखमा अड्किएको थियो । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यस्तै जन्ती लिएर गइरहेको ट्याक्सी इलामको चिहानडाँडामा दुर्घटना हुँदँ दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मोरङको बयरवनबाट पाँचथरको थर्पुमा जन्ती लिएर जाँदै गरेको मे। १ ज ६४३ नम्बरको ट्याक्सी दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा बेहुलाका बुबा ६१ वर्षीय उमानाथ दाहाल र २५ वर्षीया दिदी कल्पना दाहालको मृत्यु भएको छ । घाइते सबैको धरानस्थित बीपी कोइराला स्व्ाास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।