मारियो फेरि अर्को चितुवा

काठमाडौंको जोरपाटी गाविसमा आज विहान प्रहरीले गोली हानी चितुवा मारेको छ । गोर्कणको जंगलवाट आएको अनुमान गरिएको चितुवा विहान ९ बजे पहिलो पटक देखापरेको थियेा । सो चितुवालाइ स्थानिय बासिन्दाले लाठि र हतियार सहित खेद्न थालेपछि ज्यान जोगाएर भाग्ने क्रममा बनाउँदै गरेको घरमा प्रवेश गरी एकजनालाइ झम्टेको थियो । चितुवाको आक्रमणवाट घाइटेलाई जोरपाटीको शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

मानिसको लाठी र हतियार प्रहारवाट बच्न भर् याङ्गमा लुकेको पोठी चितुवालाई प्रहरीले विहान साढे ११ बजे गोली हानेर मारेको थियो ।