सत्यमोहन जोशीको हुलाक टिकट निस्कने

सताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट प्रकाशित हुने भएको छ । माघ ११ गते आइतबार बसेको बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो ।

मन्त्रीपरिषदको बैठकले स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको पनि हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता र सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार राष्ट्रपतिद्वारा शीघ्र यी हुलाक टिकट सार्वजनिक हुनेछ ।