नेपालभाषा लघु चलचित्र प्रतियोगितामा “साःगः” प्रथम

कीर्तिपुर नगरपालिकाद्वारा आयोजित नेपालभाषाको लघु चलचित्र प्रतियाेगिता ११४० (Nepalbhasa Short Movie Competition 2020) मा डेल्टामल्टिमिडियाको प्रस्तुती प्रदीप खड्गीद्वारा निर्देशित “साःगः” लघु चलचित्र प्रथम भएको छ । आज शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा पहिलो प्रिमियर प्रदर्शन भएको थियो ।

ऐतिहासिक नगर कीर्तिपुरको ऐतिहासिक, पुरातात्विक, पर्यटकीय स्थानका साथै कीर्तिपुरको किंवदन्तीलाई आधार बनाएर कीर्तिपुर झल्कने गरी लघु चलचित्र बनाउन गत साल नै आयोजना गरिएको थियो तर कोभिडका कारण स्थगित भैरहेको यस प्रतियोगिता आज माघ ३ गते सम्पन्न भएको हो । प्रतियोगितामा नेवाः यूट्युवको प्रस्तुति यौवन शाक्यद्वारा निर्देशित “आजु द्यः” दोश्रो, शशिकला मानन्धरको प्रस्तुती आर्यम नकःमिद्वारा निर्देशित “लाखय् पाः” तृतिया भएको थियाे भने  फोकस पिक्चर्स प्रा.लि.को प्रस्तुती भाइकाजी महर्जन “नयन”द्वारा लेखन तथा निर्देशित “न्हयका सिँ” लघु चलचित्रले सात्वना पुरस्कार प्राप्त गरेको थियो ।