अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने कुल मृतक संख्या ५१ हजार १७ पुगेको छ । त्यस्तै विश्वभरी कोरोना संक्रमितहरुको संख्या २७ लाख पुग्दै गर्दा अमेरिकामा कोरोना सक्रमितको संख्या ८ लाख ९० हजार पुगेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका कोभिड १९ टास्क फोर्सका विज्ञ डा. डेबोर ब्रिक्सका अनुसार अमेरिकामा कोभिड १९ को मृत्युदर विश्वका अरु देशको तुलनामा कम छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम रहेको उनको रहेको दावी छ ।