डलरको भाउ अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले वैशाख ५ गते शुक्रबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा तोकेको छ । अमेरिकी डलरको यो दर अहिलेसम्मकै उच्च हो । बिहीबार राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको थियो ।

त्यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।