भक्तपुरको बिस्केट जात्रा

डा. वीरेन्द्रप्रसाद कायस्थ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा प्रत्येक वर्ष मेष संक्रान्तिलाई केन्द्र बनाई मनाउन्दै आईरहेको सांस्कृतिक एवमम् ऐतिहासिक विश्व प्रसिद्ध जात्रा हो । ज्योतिष शास्त्रले चारवटा संक्रातिलाइृ निकै महत्व दिएका छन् । ती हुन् मेष –(वैशाख), कर्कट (श्रावण), तुला –कार्तिक, मकर (माघ) । यो संक्रान्तिको आफ्नै विशेषता छ । एक राशिबाट अर्को राशिमा हुने सूर्यको भ्रमणलाई संक्रान्ति भनिन्छ । सोहि संक्रान्ति नामानुसार चन्द्रमासको नामाकरण गरिन्छ । जुन चन्द्रमासमा सायन मेष संक्रान्ति हुन्छ । अर्थात वसन्त सम्पातमा सूर्यगमन हुन्छ त्यसलाई चैत्रमास भनिन्छ । वैशाखादिमासको व्यवस्था यसै सिद्धान्तमा गरिएको छ । यस पद्धति अनुसार चैत्रमासमासँधै वसन्त आरम्भ हुन्छ । भने आद्रा नक्षत्रमा वर्षा ऋतु आरम्भ हुन्छ । यसरी ऋतुहरुको क्रम यथावत हुने देखिन्छ । ऋतहरु ६ वटा छन् । वसन्त ऋतु, चैत्र—बैशाख, गी्रष्म ऋतुः जेठ—असार, वर्षा ऋतु ः श्रावण—भदौ, शरद ऋतु ः असोज —कार्तिक , हेमन्त ऋतः मसिर—पौष, शिशिर ऋत ः माघ—फाल्गुण । प्रत्येक बषर्को वसन्त ऋतुको मध्यतिर भक्रपुरमा बिस्केट जात्रा मनाईन्छ । यो ऋतुमा मन चञ्चल हन्छ । अर्थात यो ऋतुराज वसन्तले मन उद्बिग्ध चञ्चल बनाउँदछ । तर चञ्चलतालाई नियन्त्रण र मन एकाग्र गर्न बिस्केट जात्रा मनाएको हुनु पर्छ । रुप, रस, गन्ध, स्पर्श, र ध्वनी आदिको सन्तुलन र अनूकलता नै वसन्त ऋतु हो । बिस्केट जात्रा बिशाखा नक्षत्रसंग नैसर्गिक रुपमा सम्बन्ध छ । विशाखाको अर्को नाम इन्द्रायणी हो भनिएको छ । बिस्केट जात्राको देवता विशेष गरि भैरव भएता पनि देवी गणहरुको प्रधानन्ता पनि संगै आउँछ । बिस्केट जात्रा र यो संग सम्बन्धित बिबिध सांस्कृतिक क्रियाकलापहरु ऐतिहासिक बिशेषताका प्रतीक हो । यो जात्रा दुई दिनबाट बिस्तारगरी नौ दिनसम्म मनाउने बिस्तारित संस्कृतिको रुप दिनु मल्ल राजाहरुको कार्य हो । यसमा बिशेषगरेर राजा विश्व मल्ल , राजा जगज्योति मल्ल , राजा जगत प्रकाश मल्ल ,राजा जितामित्र , राजा भपतिन्द्र मल्ल आदि मल्लराजाहरुको नाम उल्लेखनीय छ । यी राजाहरुले यो जात्रा सञ्चालन गर्न आवश्क पर्ने सबै ब्यवस्था मिलाएर गएका थियो । वर्तमान समयमा पनि यो जात्रा राज्यस्तरमा सँरक्षित रहेको छ ।

किंबदन्ती अनुसार लिच्छवि राजाको एक मात्र छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरे पनि सफल भएन । त्रेतायुगमा पनि सीता विवाह र द्धापर युगमा द्रौपती विवाहको लागि जनक राजा र द्रौपत नरेशले पनि धेरै प्रयास गरेका थिए । भने कुरा पुराणमा वर्णन गरेको पाईन्छ ।

लिच्छवि राजाले छोरी विवाह गर्ने ब्यक्तिलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेका थिए । राजगद्दीको लोभमा विवाहगर्ने धेरै जना ब्यक्तिले राजकुमारीसित
पहिलो रातमै ज्यान गुमाउनु परेको थिए । जसले गर्दा राजाले छोरीको शयन कक्षबाट हरेक बिहान लास उठाईमसानघाट पुर्याउने मलामी गुठीको समेत स्थापना गर्नुपरेको थियो । एक दिन एक राजकुमार हनुमन्ते खोला हुन्दै जाँद बृद्ध तान्त्रिकसंग भेट गरी समपूर्ण रहस्यमय कुरा थाहापाई राजकुमारले बिवाह प्रस्ताव राखन राजदरवार गए । राजाले प्रसताव स्विकार गरिन । राजकुमारी संग बसेका राजकुमार रातभरी जाग्रन बसी राजकुमारीको नाकबाट निस्केका नाग नागीनीले राजकुमारलाई डस्न खोज्दा तरवारले दुई टुक्रा पारे पछि मृत्युबाट बच्चे । र राजकुमारीसंग बिहेगर्न सफलको दिन देखि नै सर्प अन्त्येष्टिको सम्झनामा बिस्केट जात्रा मनाउन थालिएको किवदन्ती छ ।
बिक्रम सम्बतको पहिलो महिना वैशाख संक्रान्तिको दिन मनाइने सास्किृतिक जात्राको देवता विश्वनाथ भैरव हुन् । प्रत्येक वर्षको चैत्र मसान्तमा विश्वनाथ भैरवको प्रतीक (लिङं्गो) उठाउने र नयाँ वर्ष अर्थात बैशाख १ गते ढाल्ने गर्छ । यस लिंङगोमा फहराइने एक जोडी ध्वजालाई विश्वध्वजा नामले प्रसिद्ध छन् । यो ध्वजालाई भैरव र शक्तिको प्रतीक मानिन्छ ।

टौमढी टोलको प्रसिद्ध भैरवको किंवदन्ती अनुसार लिच्छविकालमा चलाएको प्रसिद्ध जाात्रा (लिंगो जात्रा) हेर्न आएका काशीको भैरवलाई यहाँका प्रसिद्ध तान्त्रिकले चिने पछि, भैरवनाथलाई भक्तपुरमै स्थाई रुपमा राखन खोजे । तात्कालिन तान्त्रिकले मन्त्रबलद्धारा समाउन खोज्दा भैरबले चालपार्इृृ भाग्न खोज्दा ,शिरच्छेदन गर्न पुगेछन् । भैरवनाथको छिनिएको शिर भुईमा खसेर गुडेर केही पर गएर अडियो । शिरबिहिन विश्वनाथ काशी फर्कनु भो , भने यता भक्तपुरमा तान्त्रिक विधिपूर्वक उनको शिरलाई स्थाीपत गरियो ।
नेपाल अति प्राचिनकालदेखि तन्त्रप्रधान देशको रुपमा परिचित हुन्दै आएको छ । प्राचीन समयमा तान्त्रिक पद्धतिअनुसार नै यो देशलाई सुरक्षित गरेका थिए । नेपाल तपभूमी र शक्तिसाधनाको लागि बहुपयुक्त देश हो । यस भूमिका तन्त्र साधकहरु, बन्धुदत्त आचाजु, ज्ञानानन्द स्वामी, नृसिह ठाकुर, लम्बकर्ण भट्ट, जामुना गुभाजु, राजा प्रताप मल्ल, राजा प्रताप सिंह, राजा रणबहादुर शाह, उपेन्दबिक्रम साहेबज्यू, महामात्य नवमी सिंह, पं.दुर्गा नाथ अधिकारी, रथी धनसमशेर जबरा, पं. कृष्णप्रसाद भट्टराई, सुनन्द कर्माचार्य , अग्निहोत्र राजोपाध्याय, गयो जुजु, विश्वनाथ राजोपाध्याय, भक्तपुरको काजीमान आचाजु उहाँ रथी धनसमशेरको गुरु हुन । काशि विश्वनाथलाई शिर छिनाई भक्तपुरको टौमढी टोलमा तन्त्र बिधिअनुसार स्थापना गरी राख्ने तात्कालिन तान्त्रिक, टँुडिखेल स्थित महाँङ्काललाई नेपालको कान्तिपुरमा बस्न राजी गराउने तात्कालिक तान्त्रिक, आदि विशिष्ट तन्त्रमर्मज्ञ तथा साधकहरुले यो देशको शाक्त परम्परालाई परमोंज्वल गराएका थिए ।

नेपाल शैवधर्मको प्रमुख केन्द हो । पुराणहरु तथा महाभारत ग्रन्थ हेर्दा नेपालमा शैवधर्म प्राचीनकालदेखि चल्देै आएको पुष्टि हुन्छ । हुन त भैरव शिवको पर्याय हो । त्यसैले भक्तपुरको हरेक धार्मिक, सांस्कृतिक र संस्कारगत कर्महरुमा शिवशक्तिको प्रधानता पाईन्छ । जस्तै ः बिस्केट जात्रा, भाद्र शुक्ल पूर्णीमा पछि चौथीको दिन ल्याउँने पुलुको भैरब, पुलुको हात्ति, गाई जात्रामा ल्याईने,परालको भैरब अजिमाको प्रतीक ताहासा, गाई जात्राको, अगादि सिलुमहादेब जाने चल्न आज सम्म छ । त्यसैले शिव शक्तिको प्रधान्य यो देशमा छ ।

हुन त कुनै पनि जात्रा पर्व वा संस्कृति मानव जीवन चक्रबाट मोक्षप्राप्त गर्ने धार्मिक प्रयाण हो । किनभने भैरबनाथको रथ तान्दा हपको बोलीमा ह......स हुन्छ । ह.......स स्वास प्रश्वासको आरोह अवरोहको प्राकृतिक प्रकृया हो ।यस लाई एक प्रकारको मन्त्र भन्न सकिन्छ । जात्राको हप ह.......स सत्यम,आनन्दमय शिवमय,ज्योतिर्मय एवंम् शाश्वत् भनिन्छ । यो कुरा गरुड पुराणमा वर्णन गरेको पाईन्छ ।

यस जात्रामा गाईने विरहको गीत, थ थीं जा गु र स रं ग तो ल ता व........राम हा.....। यो गीतलाई धातु राग भनिन्छ । यो गीतको रचनाकार राजा रणजित मल्ल हुन् ।