पाटनको भीमसेन मन्दिर बनाउन श्रेष्ठले दिए एक करोड चन्दा

पाटन दरबार क्षेत्रभित्र रहेको भीमसेन मन्दिर पुनर्निर्माण गर्न स्थानीय व्यवसायी बिके श्रेष्ठले एक करोड रूपैयाँ दान दिएका छन्।उनी एभरेष्ट बैंकका अध्यक्ष हुन्।

वि.सं. २०७२ सालको भुइँचालोले नराम्ररी क्षति भएपछि मन्दिर पुनर्निर्माणको जिम्मेवारी भारत सरकारले लिए पनि लामो समय थालनी हुन सकेको थिएन। यो मन्दिरलाई हालै स्थानीय स्तरबाट पुनर्निर्माण सुरू गरिएको छ। यस कार्य मंगलटोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले यसमा संयुक्त प्रयास गरिरहेका छन्। यसमा काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट को प्रविधिक सहयोग रहेको बताइएको छ।