सयौंले गरे साझा पार्टी परित्याग

रबिन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीका यूवानेता मिलनकान्छा किरातीले साझा पार्टी परित्याग गरेकाछन् । किरातीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आपूु सुखी, सम्पन्न र शहरको मानिस नभएको कारण साझा पार्टीको सदभाव समूहमा रहन नसकेको जानकारी दिएकाछन । उनलाई फोन सम्पर्कमा कुरा गर्दा भने, ‘साझा सदभाव समूह कोरिया सोलको कमिटी विघटन भएको छ । सयौँको सङ्ख्यामा अन्य कमिटीबाट पनि अबको निकास आर्थिक विकास भएकोले नयाँशक्ति पार्टीलाई सहयोग गर्नुपर्ने सबैको निष्कर्ष छ ।

उनले थपे, साझा पार्टी रिटायर्डहरुको रेस्ट गर्ने ठाउँ रहेछ । रवीन्द्र मिश्रजीसँग सल्लाह गरेरै होला पार्टी सङ्गठन प्रमूख मुमाराम खनालजीले डेढ महिनाअघि सङ्गठन निर्माण कार्य रोक्न अनुरोध गर्दै फोनमा भनेका थिए, छिट्टै साङ्गठनिक संरचना ल्याउछौँ । तर, खोई ? ल्याउदै ल्याएनन् । सङ्गठन कि संरचना पहिला बन्छ ? बाहिर पद्धतिको कुरा गर्ने अनि भित्र भद्रगोल पार्टी चलाउने तरिकाले कहीं पुगिदैन । पार्टी विचारहरको पुञ्ज हो । विचार मिलेन भन्दा पनि विचार, कार्यदिशा नै नभएको पार्टीमा बसेर समय बर्बाद गर्नु उचित लागेन । छोडियो ।’

किरातीको संयोजकत्वमा सबैभन्दा पहिला कोरिया सोलमा साझा सदभाव समुह निर्माण भएर उनकै नेतृत्वमा कोरियाको विभिन्न नौ स्थानमा क्षेत्रीय कमिटी व्यापक निर्माण भएको थियो । उनले केही समयअघि साझा पार्टीमा वैचारिक अन्तरसङ्घर्षसमेत चलाएका थिए ।