उरुषा बनीन ‘मिस नेपाल कल्चर’

सताइस प्रतियोगीलाइ उछिनेर ‘मिस नेपाल कल्चर’ २०१६ काे उपाधि २४ वर्षिया उरुषा जोशीले जितेकी छिन् । सोमबार राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपाधि सहित चाँदीको ताज, फोक्सवागेनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा जितेकी छिन् । यस्तै सांस्कृतिक संस्थानको सांस्कृतिक सद्भावदूतको उपाधि समेत जोशीले हाँसिल गरेकी छिन् ।

प्रतियोगीमा परिसी कारञ्जितले फस्ट रनर अपको उपाधि र बिराटनगरकी २० वर्षिया बाला नेपालीले सेकेन्ड रनरअपसहित भीवर्स च्वाईस र मेनेजमेन्ट च्वाईसको उपाधि पनि हाँसिल गरिन् । युहान ईन्टरनेशनल इभेन्टस्को आयोजना, सांस्कृतिक संस्थानको सह-आयोजना र बिलक्षण क्रियसनको व्यबस्थापन सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।