प्रथम महिला राष्ट्रपति

गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । मतदानमा भण्डारीले ३२७ मत पाएकी थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका थिए ।कुल मतदाता ५ सय ९७ मध्ये ५ सय ४९ मत खसेकाे थियाे र ८ मत बदर भएको थियाे ।

भण्डारी आफ्नी पति मदनको निधनपछि रिक्त भएको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विद्याले कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पराजित गरेकी थिइन् । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा उनले तत्कालीन सभामुख दमननाथ ढुंगानालाई पराजित गरिन्। उनी हाल समानुपातिक सांसद हुन् ।