संविधानसभा बैठकमा बबन सिंह उपस्थित नहुने

सम्पन्न संविधानसभा निर्वाचनमा रौटहत क्षेत्र नं १ बाट विजयी बनेका काठमाडौंमा गत भाद्र १६ गते बम काण्डका नाइके बबन सिंह आफूमाथि परेको मुद्दा फिर्ता नलिएसम्म संविधानसभा बैठकमा उपस्थित नहुने भएका छन् । हाल भूमिगत रहेका उनी आफूमाथि लगाइएका मुद्दाहरु फिर्ता नलिएसम्म भूमिगत नै रहने बुझिएको छ ।

काठमाडौंमा गत भाद्र १६ गते विध्वंशकारी काण्ड मचाइ आधा दर्जन व्यक्तिका ज्यान लिने समूहका नाइके मानिएका बबन सिंह माथि हत्या बम बिस्फोट आदि गरी एक दर्जन भन्दा बढि मुद्दा लागेका छन् । नेपाल र भारतिय प्रहरीको कालो सूचीमा रहेका उनी आफू भने यी सम्पूर्ण मुद्दा झुठो भएको दावी गर्छन् ।