गणतन्त्र नेपालको एक बर्ष

आज जेठ १५ गते गणतन्त्र नेपालको घोषणा भएको एक बर्ष पूरा भएको छ। यसअवसरमा देशभर गणतन्त्र दिवस मनाइँदै छ।

यसैबीच नेपाल सरकारले पहिलो गणतन्त्र दिवसलाई तीन दिनसम्म भब्यरुपमा मनाउन आह्वान गरेको छ । सरकारी आयोजनामा आज सैनिक मञ्च टुंडिखेलमा बिशेष समारोहको आयोजना गरिदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका बिशिष्ट अतिथिहरुको सहभागीता रहने बताइएको छ ।

यसैगरी नागरिक समाज राजनीतिक दल, तथा अन्य संघसंगठनले गणतन्त्र दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाउँदैछन् ।

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै गणतन्त्रको गन्त्व्य शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु र संविधान निर्माण गर्नु हो, राष्ट्रको आवश्यकता र यथार्थलाई सबैले बुझे अवश्य गन्तव्यमा पुगिन्छ भनेका छन् ।