Welcome, Guest Log In Sign Up  

कुमारी पुजामा पुर्वराजालाई जान रोक

rajuby raju
Tue Sep 21, 2010 2:21 pm NST

इन्द्र जात्रा चलिरहेको बेला पुर्वराजा ज्ञानेन्द्र शाह आज बसन्तपुर जाने कार्यक्रम तय भएकोमा सुरक्षाका कारण अन्तिम समयमा आएर रद्ध गरिएको छ । पुर्वराजा शाहले आज जीवित देवी कुमारीका रुपमा पुजिएका आठ जना पुर्वकुमारी तथा केहि कुमारीलाई सम्मान गर्ने कार्यक्रम रोहेको थियो । सम्मान कार्यक्रममा पुर्वराजालाई सरकारले नागार्जुनबाट ननिस्कन आग्रह गरेपछि नागार्जु दरवारका अधीकारिले आयोजकलाई शाह कार्यक्रममा सहभागी नहुने बताएका थिए । हिजो इन्द्र ध्वजोत्थान गरेपछि जात्रा सुरु भएको हो । नेपाल संवत अनुसार यंलाथ्व द्वादशीका दिन साइत हेराएर हनुमानढोका कालभैरव अगाडि ठड्याइएको िलंगोमा पनि आज पुर्वराजा शाहले पुजा गर्ने कार्यक्रम थियो । सुरक्षा संयन्त्रले वसन्तपुर क्षेत्रमा राजतन्त्रकॊ पक्ष र विरोधीहरुको जमघट बढेको जानकारि गृहमन्त्रालयलाई दिएको थियो । लगत्तै गृहमन्त्रालयले वसन्तपुर नजान शाहलाई आग्रह गरेको बताइएको छ । पुर्वनिर्धारीत् कार्यक्रम रद्ध भएपछि आयोजकहरुले पुर्वराजा शाहको फोटो अगाडी सम्मान कार्यक्रम गरेका छन् । पुर्वराजा शाह बसन्तपुर जाने तय भएपछि आज विहानैदेखी राजतन्त्रका समर्थकहरु वसन्तपुरमा भेला भएर राजतन्त्रको पक्षमा पर्चावाजी समेत गरेका थिए । उपत्यकाको सवैभन्दा महत्वपुर्ण मानिने इन्द्र जात्रामा यसअघी राष्ट्रप्रमुखको हैसीयतमा राजाले जीवित देवी कुमारी भैरव र गणेशको विशेष पुजा गरेपछि जात्रा समापन हुने गरेकोमा दुई वर्षदेखी राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति डाक्टर रामवरण यादवले विधिवत रुपमा कुमारीको दर्शन र पूजा गर्ने कार्यक्रम छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com