Welcome, Guest Log In Sign Up  

जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा

rajuby raju
Mon Sep 20, 2010 1:00 pm NST

काठमाडौं उपत्यकाका नेवार समुदायले बर्ष भरिमा मनाउने विभिन्न जात्रा मध्ये नेपाल संवत अनुसार यंो महिनामा मनाउने जात्रा इन्द्रजात्राको पनि आपुनै महत्व र बिषेशता छ । यो जात्रा जातिय रुपमा नभई सामाजिक राजनैतिक ऐतिहासिक र भौगोलिक दृष्टिकोणले समेत महत्वपूर्ण छ । यो जात्रा शास्त्र अनुसार भगवान बिष्णुले बामन अवतार लिएको दिन भनी वामन द्धादशीको दिनबाट सुरु गरिन्छ । यो जात्रामा नेवार समुदाय मात्र नभइ सम्पूर्ण नेपालीहरु सहभागी हुन्छन भने राष्ट्राध्यक्षले समेत सहभागीता जनाउने परम्परा छ । यो जात्रा आठ दिन सम्म बिभिन्न उत्सवका साथै मुकुण्डो नाच समेत नचाइ धुमधामका साथ मनाइन्छ । यो जात्राको अवसरमा मजिपातको लाखे नाच किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै दिनाच भक्तपुरको माहाकाली नाच नचाइन्छ भने हनुमानढोकामा सुनको हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गरिन्छ । यो जात्रा सुरु हुनु एक हप्ता अगाडी हनुमानढोकाबाट सरकारी पुजा सहित त्यहाँका कर्मचारी र गुठियारहरु भक्तपुरको यिसंखेल भन्ने स्थानमा गइ िलंगो बनाउन साल्लाको रुख लिन जानुपर्ने परम्परा छ । त्यहाँवाट ६४ फुटको साल्लाको रुख छानि बलि दिएर पुजा गरि काटिन्छ । िलंगोलाइ भक्तपुर हुँदै काठमाडौंको जमलमा ल्याइ पुर् याइन्छ । जमलमा ल्याइ पुर् याएको पसर्िपल्ट अर्थात यंलाथ्व एकादशीका दिन हनुमानढोकाबाट सरकारी पुजा सहित गुरुजुको पल्टनले हर्ष बढाइ गरि हुनमानढोका कालभैरव अगाडी ल्याउने चलन छ । यंलाथ्व द्धादशी इन्द्रजात्राको पहिलो दिन बिहानको साइतमा बिधिपूर्वक पुजा गरि िलंगो गाडीन्छ र िलंगोको फेदमा हात्तीमा सवार इन्द्रको मूर्ति प्रतिस्थापन गरिन्छ । िलंगो गाडीसकेपछि हनुमानढोकामा रहेको सुनको भैरव हाथुद्यः भनिने भगवानलाई पनि प्रदर्शन गरिन्छ । यो अवसरमा नेवार समुदायको बसोबास रहेका टोलटोलमा भैरवको मूर्ति पनि प्रदर्शन गरिन्छ । त्यसै दिन बेलुकी मृत्यु भएका आफन्तको नामना दिप प्रज्वलन गरि मृतआत्माको चिरशान्तीका लागि उपाको वनेगु भनी नगर परिक्रमा गर्ने गरिन्छ । त्यसै दिन इन्द्रले मत्र्य लोकमा पारिजात फुल टिप्न आउँदा मालीलाइ नसोधि टिपेकोमा चोर सावित भै डोरीले बाँधी सवैलाइ देखाएको भनी मरुटोलमा इन्द्रलाइ डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिन्छ । िलंगो गाडेको तेश्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जिवित देवी कुमारी भैरव र गणेशलाइ रथमा राखि काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ । यो जात्रा गर्नु अघि हनुमानढोकाको गद्दीबैठकमा राष्ट्रप्रमुख उपस्थित भइ गणेश भैरव र कुमारीको पुजा गरी जात्रा हेर्नुपर्ने प्रचलन अनुसार यस बर्ष नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले जात्रा हेर्नुभयो । यसै दिन बेलुकी गणेश भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट बर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन । यसपछि बहुमतः निकाल्ने भनी बाँसलाइ माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाइ कान्तिपुर नगरिको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ । त्यस दिन नेवार समुदायका मानिसहरुले समय्बजि खान्छन । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाइ किलागल परिक्रमा गराई बेलुकीको साइतमा िलंगो ढालेर जात्राको। समापन गरिन्छ । यसरी आठदिन सम्म नेवार समुदायले इन्द्रजात्रा मनाउंछन ।

यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पाला देखि चलिआएको हो । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जिवित देवी कुमारीको रथ जात्रा चलाइ आपुू स्वयेम रथमा बसि नगर परिक्रमा गर्ने गर्दथ्यो । पछि पृथ्वीनारायण शाहले काठमाडौं बिजय गरिसकेपछि यो परम्परालाई शाह राजाहरुले निरन्तरता दिएको थियो । शाह राजाहरुले निरन्तरता िदंदा रथमा परिक्रमा नगरिकन हनुमानढोका अगाडी गद्दी वैठक निर्माण गरि गद्दि वैठकवाट कुमारी भैरव र गणेशको दर्शन मात्र गरेर रथयात्रा गर्ने परम्परा कायम गरे । शाह वंशको अन्त्य पछि नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिय नेपाल भएपछि पहिलो पटक २०६४ सालमा राष्ट्रप्रमुखको हैसियतले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाले इन्द्रजात्राको अवलोकन गरेका थिए भने पछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले पनि गद्दी वैठकवाट कुमारी गणेश र भैरवको पुजा गरि रथजात्रामा सहभागीता जनाएर परम्परालाइ निरन्तरता दिएका छन् ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी
बदलिदो होली

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com