Welcome, Guest Log In Sign Up  

इन्द्रध्वजात्थन गरी आजवाट विधिवत रुपमा इन्द्रजात्रा सूरु

rajuby raju
Mon Sep 20, 2010 12:50 pm NST

विधिवत रुपमा इन्द्रध्वजोत्थान गरीएपछि आजवाट इन्द्रजात्रा सुरु भएको छ । नेपाल संवत अनुसार यंलाथ्व द्धादशी अर्थात आज विहान ९ बजेर २५ मिनेटको साइतमा िलंगो हनुमानढोका कालभैरव अगाडी ठड्याइएको हो । िलंगो गाड्दा नेपाली सेनाको टुकडीले मंगलधुन र पाचैबाजा तथा गुरुजुको पल्टनले तोप पड्काएको थियो । नेवार समुदायको मानन्धर जातिले िलंगो गाड्ने चलन अनुसार केन्द्रिय मानन्धर गुथिको अगुवाइमा मानन्धर जाति नेपाली सेना र स्थानियले िलंगो ठड्याएका थिए ॥ मल्ल राजाको प्रतिक राजखड्ग र शाह राजाको प्रतिक नारायणहिटि दरवारवाट सेतो घोडा ल्याइएको थियो । गत भाद्र २५ गते शुक्रवार विहान आठ बजेर ४५ मिनेटको साइतमा हनुमानढोकावाट गुरुजुको पल्टन र मानन्धर गुथिका पदाधिकारीले भक्तपुरबाट ३२ हात लामो लिङ्गो ल्याएका हुन् । सोहि दिन राती ९ बजेर २१ मिनेटको साइतमा काटिएको िलंगो भक्तपुरको सल्लाघारी भोटाहिटी असन इन्द्रचोक मखनहुँदै हनुमानढोका पुर् याएको थियो । इन्द्रको ध्वजाको प्रतिक िलंगो ठड्याए पछि विधिवत इन्द्रजात्रा सुरु भएको मानिन्छ । आजैवाट मजिपातको लाखे नाच किलाघलको पुलुंकिसि नाच दि नाच हलचोकको सवभकु नाच भक्तपुरको माहाकाली नाच नचाइन्छ । हनुमानढोकामा स्वयेत भैरव इन्द्रचोकमा आकाश भैरव र विभिन्न स्थानमा विभिन्न भैरव निकालिन्छ भने मरु लगाएतका स्थानमा इन्द्रको मूर्ति प्रदर्शन गरिन्छ । असोज ६ गते जिवित देवी कुमारी भैरव र गणेशको रथजात्रा हुन्छ । जात्राको क्रममा राष्ट्रप्रमुखवाट विधिवत रुपमा कुमारीको दर्शन र पुजा गर्नुपर्ने परम्परा छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com