Welcome, Guest Log In Sign Up  

माओवादी र एमालेबीच भएको तीनबुदे सहमति कार्यान्वयन हुनेमा प्रधानमन्त्रीको शंका

rajuby raju
Sat Sep 18, 2010 2:30 pm NST

प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको तीनबुदे सहमति कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभएको छ । एमाले संसदीय दलको कार्यालय िसंहदरवारमा आज बसेको एमाले संसदिय दलको बैंठकमा प्रधानमन्त्री नेपालले यसअघि भएका पटक-पटकका सहमति र सम्झौता एकीकृत माओवादी कै कारण कार्यान्वयन हुन नसकेको भन्दै यो सम्झौता कार्यान्वयन हुनेमा शंका रहेको बताउनुभएको हो ।उहाँले माओवादीले हतियारको दम्भ त्याग नगरेको र हत्या िहंसामा लागिरहेको भन्दै सम्झौता कार्यान्वयन हुनेमा शंका ब्यक्त गर्नुभएको हो । उहाँले प्रधानमन्त्री चुनावको दौडवाट माओवादी वाहिर भइसकेकोले काङग्रेसले पनि सहमतिका लागि नाम फिर्ता लिनुपर्ने विचार ब्यक्त गर्नुभयो ।
एक अर्को प्रसंगमा प्रधानमन्त्री नेपालले अनमिनको म्याद थप्ने विषयमा भएको विवादका कारण विदेशी राजदुतहरुले माओवादी लडाकु कहिले सम्म क्यान्टोनमेन्टमा रहन्छन् भनेर जिज्ञासा राख्ने गरेको भन्दै यसले नेपालको छवि अन्र्तराष्ट्रिय स्तरमा बिगि्रएको बताउनुभयो । तर त्यहि वैठकमा सहभागी एमाले अध्यक्ष झलनाथ खनालले भने अनमिन साझा संस्था भएको भन्दै शान्ति प्रकि्रया टुंगोमा नपुग्दा सम्म उसलाई फिर्ता पठाउन नहुने बताउनुभयो । उहाले मुलुक अन्तरिम अवस्थामा रहेकोले शान्ति प्रकि्रया केहि दिनमा टुंगॊ लाग्ने अन्यथा भंग हुने दावी गर्नुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com