Welcome, Guest Log In Sign Up  

कांग्रेसको १२औं महाधिवेशनको लागि मनोनयन दर्ता सम्पन्न

rajuby raju
Sat Sep 18, 2010 2:22 pm NST

कांग्रेसको १२औं महाधिवेशनको लागि पदाधिकारी तथा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने समय सकिएको छ । पार्टी कार्यालय सानेपामा विहान ८बजे बाट सुरु गरिएको उम्मेदवारी दर्ता अहिले १२ बजेबाट सकिएको छ । यसवारेमा पुर्ण विवरण नआएपनि यतिवेला सम्म तीन सय भन्दा बढी नेता तथा कार्यकर्ताले उम्मेदवारी दर्ता गराइसकेका छन् । कार्यवाहक सभापति सुशील कोईरालाबरिष्ठ नेता शेरवहादुर देउवा तथा भीमवहादुर तामाङले सभापति पदका लागि छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । कोईरालाको प्रस्तावकमा रामचन्द्र पौडेल सहित सात जना तथा समर्थकमा भने साजय गौतम सहित सात जना रहेका छन । यस्तैदेउवाको प्रस्तावकमा खुमवहादुर खडकाविमलेन्द्र नीधि तथा गोपालमान श्रेष्ठ हुनुहुन्छ भने समर्थकमा देवेन्द्रराज कँडेलआङगेलु शेर्पासहित सात जना बस्नुभएको छ । यस्तैे तामाङको प्रस्तावकमा चक्र वास्तोला सहित सात जना तथा समर्थकमा सुप्रभा घिमिरे सहित सात जना रहनु भएको छ । महामन्त्रीमा नरहरि आचार्यविमलेन्द्र नीधि तथा प्रकाशमान सिहले पनि उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । आचार्यको प्रस्तावकमा सुप्रभा सहित पाच जना तथा समर्थकमा पासाङ दोर्जे शेर्पा सहित पाच जना रहनुभएको छ । कोषाध्यक्षमा चित्रलेखा यादव तथा पदमनारायण चौधरीले उम्मेदवारी दिनुभएको छ । केन्द्रिय सदस्यको लागि उम्मेदवारी दर्ता गराउनेको तछाडमछाड चलेको छ । अहिले सम्म केन्द्रिय सदस्यको खुल्ला २५जनाको सिटमा ८४जना भन्दा बढीले उम्मेदवारी दर्ता गराईसकेका छन । उम्मेदवारको अन्तिम नामावली भने २ बजे टाँस हुने भएको छ । केन्द्रिय सदस्यमा सुजाता कोईरालारामचन्द्र पौडेल खुमवहादुर खडकाडिवि लामा लगायतले उम्मेदवारी दर्ता गराएका छन । २ बजेबाट भृकुटीमण्डपमा बन्द सत्र चल्नेछ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com