Welcome, Guest Log In Sign Up  

सभामुख नेम्वाङले तटस्थ बस्नदिएर कानुनविपरित कार्य गरेको आरोप

rajuby raju
Fri Sep 17, 2010 4:15 pm NST

संविधानविद् भीमार्जुन आचार्यले संसद्को नियमावलीमा तटस्थ बस्ने ब्यवस्था नभए पनि सभामुख सुवासचन्द्र नेम्वाङले कानुनविपरित तटस्थ बस्न दिएको आरोप लगाउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको द्वन्द्व शान्ति र विकास विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा संविधानविद् आचार्यले सभामुख नेम्वाङले संसद्को नियमावलीविपरति तटस्थ बस्न दिएर सहयोग गरेको आरोप लगाउनुभएको हो । सरकार गठनमा दलहरु आफैं असक्षम भएपछि विदेशीलाई आरोप लगाउन थालेको उहाँको भनाइ थियो । त्यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले दलहरुले सहमति जुटाउने भन्दा द्वन्द्वको व्यापार गर्न थालेको आरोप लगाउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक सूर्यलाल आमात्यले मुलुकको अस्थिर राजनितिले शैक्षिक क्षेत्रमा समेत नकारात्मक असर परेको बताउनुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com