Welcome, Guest Log In Sign Up  

आज विश्वकर्मा पुजा मनाईदै

rajuby raju
Fri Sep 17, 2010 4:01 pm NST

आज असोज महिनाको पहिलो दिन । यातायात तथा कारखानामा कार्यरत मजदुरले मेसिनरी औजारको पूजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन् । विश्वकर्मा पूजामा वर्षभरि कुनै अपि्रय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ । काठमाडौंलगायत मुलुकका विभिन्न भागका उद्योग र कारखानामा आज मजदुरले ध्वजा सजाएर उत्साहपूर्वक विश्वकर्माको पूजा गरिरहेका छन् । आज औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरलाई बिदा दिने चलन छ । उद्योगी र श्रमिकबीचको आपसी सम्वन्ध बलियो पार्न यो दिनलाई महत्वपूर्ण अवसरका रुपमा लिइन्छ । श्रमिकले श्रमका देवताका रुपमा विश्वकर्माको पूजा गर्छन् । आफ्ना काम गर्ने औजार उपकरण र यातायातका साधनको पूजा नै यो दिनको विशेषता हो । पौराणिक कथा अनुसार विश्वकर्मालाई वास्तुका छोरा मानिन्छ । पौराणिक युगका सबै राजधानी बाबा विश्वकर्माले निर्माण गरेको जनविश्वास छ । सत्य युगको स्वर्गलोक त्रेता युगको लंका द्वापर युगको द्वारिका सबैमा विश्वकर्माको कला पोतिएको धार्मिक मान्यता छ । यही विश्वासमा अहिले पनि धनधान्य र सुख समृद्धिको चाहना राख्नेहरुले विश्वकर्माको पूजा गर्छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com