Welcome, Guest Log In Sign Up  

एतिहासिक नगर दोलखामा रातो मच्छेन्द्रनाथको रथ जात्रा सम्पन्न

rnby rn
Sun Apr 19, 2009 5:16 pm NST

एतिहासिक नगर दोलखा बजारमा चलिरहेको रातो मच्छेन्द्रनाथको रथ जात्रा आजा सम्पन्न हुँदै छ । आज जात्राको अन्तिम दिन रातो मच्छिन्द्रनाथलाई रथबाट निकाली विधिपूर्वक पुजा गरेर देवताको मूर्तिलाई बोकी दोलखा जिल्लाको मूल बाटो परिक्रमा गराई देवलमा राखिन्छ । रथ जात्राको क्रममा हिजो दुङ्गलटोलवाट िपंगल टोलसम्म रथ तानी जात्रा गरियो । यो जात्रा नौ दिन सम्म संचालन हुने गरेकोमा रथको पाङ्ग्रा बिग्रेर दुइदिन सम्म रथ जात्रा हुन नसकेपछि यो जात्रा एघारौं दिन आज सम्पन्न हुंदैछ । आज भन्दा एघार दिन अगाडी पूर्णिमाको दिन रातो मच्छिन्द्रनाथलाई गुरुजुंले पानी र दुधले महास्नान गरी पुजा गरेर जात्रा आरम्भ गरेको थियो । त्यसको भोलीपल्ट रथलाई डोकलुंगाटोलबाट िपंगल टोल सम्म रथ तानेर जात्रा गरियो । त्यसपछि क्रमैसंग ंपंगल टोलवाट नकछेँ टोल नकछेँ टोलवाट कोर्छेटोलः कोर्छेटोलवाट टसिचाटोल टसिचाटोलवाट माथिल्लो बुद्धस्तुपा बुद्ध स्तुपाबाट दुंगलटोल हुंदै दुंगलटोलबाट िपंगल टोलमा रथ पुर् याएर जात्रा सम्पन्न गरियो । परापुर्व कालंदेखि अहिले सम्म संचालन भइरहेको रातो मच्छिन्द्रनाथको रथजात्रा २०३९ सालं देखि गुठीबाट आउनु पर्ने जिन्सी नगद र जनश्रम नआएपछि १६ बर्ष सम्म रथ जात्रा रोकियो । तर रातो मच्छिन्द्रनाथालाई खटमा राखेर भएपछि जात्रा चलाएको थियो । पछि स्थानिय समुदायको सहयोगमा त्यिहं कै कालिाचोक युवा क्लवको पहलमा पुन २०५५ साल देखि रथ बनाई रथ जात्रा गर्ने परम्परा कायम गरेको छ । जुन अहिले सम्म चलिरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com