Welcome, Guest Log In Sign Up  

मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न

rajuby raju
Fri Aug 13, 2010 6:40 pm NST

यस वर्षको मिस लिटिल नेवाः प्रतियोगिताका लागि आज ट्यालेन्ट सो सम्पन्न भएको छ । नेप्लिज फेशन होमले गरेको मिस ट्यालेन्ट उपाधिका लागि नेवार समुदायका नौदेखि १३ वर्षसम्मका ४३ बालिकाबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाको नतिजा आउँदो भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम कार्यक्रममा घोषणा गरिने आयोजकले बताएका छन् । प्रतियोगिताको निर्णायकमा राजभाइ सुवाल डाक्टर शिक्क्षिता श्रेष्ठ निर्णय श्रेष्ठ हिसिला महर्जन अलिसा श्रेष्ठ र सुरज भडेल रहनुभएको थियो । प्रतियोगितामा बालिकाहरुले नृत्य वाद्यवादन चित्रकलाआदिमा आपुनो प्रतिभा प्रदर्शन गरेका थिए । नेवार बालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले भएको प्रतियोगितामा नेवारी भाषा कला सँस्कृति संस्कारबारे नेपालभाषाका प्रशिक्षक राजु नापितले प्रशिक्षण दिइरहनुभएको छ । त्यस्तै कोरियोग्राफर रोहिया महर्जन र विवेक श्रेष्ठले कोरियाग्राफी गरिरहनुभएको छ । नेप्लिज फेशन होमले नेवार समुदायका किशोरीको प्रतिभा प्रष्फुटनका लागि हरेक वर्ष मिस लिटिल नेवाः आयोजना गर्दै आएको छ । नेपालमण्डल डट कम मिस लिटिल नेवाः कार्यक्रमको अफिसियल वेबसाइट हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com