Welcome, Guest Log In Sign Up  

आफ्नो साथीलाई नेपाल पठाऔं

subhashby subhash
Mon Feb 25, 2008 7:05 am NST

नेपालको पर्यटन विकासका लागि नेपाल सरकारको नयाँ कार्यक्रम 'एउटा साथी नेपाल पठाउ' अन्तर्गत विदेशी पर्यटकहरु नेपाल भित्रिन सुरु भइसकेका छन् । यस कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने कुरामा पर्यटन व्यवसायीहरु र सम्पूर्ण नेपालीहरु आशावादी भएका छन् ।

सेन्ड होम अ फ्रेन्ड अर्थात 'एउटा साथी नेपाल पठाउ' अभियान यस्तो नयाँ अभियान हो जसमा जो कोही पनि सजिलै सहभागी बन्न सकिन्छ । तपाइँले आफ्नो सम्पर्कमा रहेका कोही पनि विदेशीलाई नेपालको बारेमा जानकारी दिइ नेपाल जानको लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाइँले निम्त्याउनु भएको उक्त पाहुनालाई नेपालको विमानस्थलमा विशेष स्वागत गरिनेछ भने पर्यटन बोर्डले उक्त पाहुनालाई विशेष उपहारका साथ नेपालको जानकारी सामग्री प्याकेज नेपालको आन्तरिक हवाई टिकट लगायत होटेल, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर अन्य पसल आदिका छुट कुपनहरु पनि प्रदान गरिनेछ । यसका लागि उक्त पर्यटकले नेपालमा तपाइँको नाम सम्वन्धित स्थानमा दर्ता गर्नुपर्ने हुन्छ । यसरी तपाइँले अनुरोध गर्नुभएको पाहुना नेपाल भित्रियो भने तपाइँले एक पर्यटक बराबर एक क्रेडिट पाउनु हुनेछ र बढि क्रेडिट पाएका व्यक्तिहरुलाई पर्यटन बोर्डले सम्मान गर्नेछ ।

यस कार्यक्रममा सहभागी हुनको लागि सेन्ड होम अ फ्रेन्ड डट कम (sendhomeafriend.com) वेबसाइटको निर्माण गरिएको छ । जसमा गई जो कोहीले पनि दर्ता (साइन अप) गर्न सक्ने छन् । यसमा दर्ता गरेपछि आफ्नो सम्पर्कमा भएका संभावित पर्यटकका जानकारी राख्न सकिन्छ र उनीहरुलाई नेपाल भ्रमणका लागि अनुरोध गर्न सकिन्छ । तपाइँले अनुरोध गर्नुभएको पर्यटक नेपाल पुगे नपुगेको जानकारी तपाइँको क्रेडिट आदि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

हुन त यो कार्यक्रम गैर आवासिय नेपालीहरुलाई मध्यनजर राखी ल्याइएको कार्यक्रम हो तर जो कोही नेपालीहरु पनि यसमा सहभागी बन्न सक्छन् । तपाइँ हाम्रो व्यक्तिगत सानो प्रयासबाट नेपालको पयर्टन विकासमा टेवा पुग्छ भने यसको थालनी आजै देखि किन नगर्ने ? आऔं हामी सबै मिलेर आफ्ना विदेशी साथीहरु नेपाल पठाऔं ।


Comments

surajby suraj
Sun Mar 9, 2008 7:12 pm NST
that's great initiative...



Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com