Welcome, Guest Log In Sign Up  

मातृभाषाको लागि ज्यान अर्पिएको त्यो दिन

subhashby subhash
Thu Feb 21, 2008 3:07 pm NST

सन्दर्भ: अन्तर्राष्ट्रिय मातृभाषा दिवस ।

फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । सन् १९५२ मा यही दिन बंगाली विद्यार्थीहरुले आफ्नो मातृभाषाको लागि ज्यान अर्पेका थिए । सोही दिनको स्मरणमा आज विश्वभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैछ ।

सन् १९४७ मा पूर्वी र पश्चिमी गरी दुई भौगोलिक सांस्कृतिक र भाषिक रुपमा विभक्त पाकिस्तानमा जव १९४८ मा पाकिस्तानी सरकारले एकाधिकारी रुपमा उर्दू भाषालाई सरकारी भाषा घोषणा गर्‍यो तव बहुसंख्यक बंगाली मातृभाषी भएका पूर्वी पाकिस्तान (हाल बंगलादेश) का जनताहरु यसको विरोधमा उत्रे । यही क्रममा २१ फेब्रुअरीको दिन राज्य बन्दको घोषणा गरी आन्दोलन तिव्र पारिएको थियो । आन्दोलनको क्रममा यस दिन ढाका विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रहरीले गोली हानी हत्या गरे । यस पछि यो आन्दोलनले भयावह रुप लियो र अन्ततः सन् १९५६ मा सरकारले बंगाली भाषालाई पनि सरकारी मान्यता प्रदान गर्न कर लाग्यो ।

मातृभाषाको लागि ज्यान अर्पिएको यो दिनको स्मरण स्वरुप सन् १९९९ मा युनेस्कोले हरेक वर्ष फेब्रुअरी २१ का दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा मनाउने घोषणा गर्‍यो । नेपालमा पनि यस दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

(तश्वीर: २१ फेब्रुअरी १९५२ मा भएको भाषिक आन्दोलनको एक दृश्य)


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com