Welcome, Guest Log In Sign Up  

उम्मेदवारको बन्द सूची पेश गर्ने म्याद एक दिन थप

rajuby raju
Thu Feb 21, 2008 3:06 pm NST

निर्वाचन आयोगले समानुपातिक चुनाव प्रणालीतर्फ उम्मेदवारको बन्द सूची पेश गर्ने म्याद १२ गते एक दिनका लागि थप गरेको छ । आयोगको आज बसेको बैठकले एक दिनका लागि समय थप गर्ने निर्णय गरेको हो । यसअघि आयोगले उम्मेदवारको बन्द सूची पेश गर्न राजनीतिक दललाई हिजोको समय दिएको थियो ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको अनुरोध अनुसार आयोगले समय थप गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकमा चैत २८ मा हुने चुनावलाई प्रतिकुल असर नपर्ने गरी बन्द सूचीको पेश गर्ने म्याद थप्ने विषयमा छलफल भएको थियो । तराईका आन्दोलनरत पक्षलाई चुनावमा सामेल गर्न बन्द सूचीको म्याद थप गर्न अनुरोध गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com