Welcome, Guest Log In Sign Up  

अन्तर्राष्ट्रिय दातृनिकायसँग प्रधानमन्त्रीको आग्रह

rajuby raju
Thu Feb 21, 2008 3:04 pm NST

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको शान्ति स्थापना र विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृनिकायसँग आग्रह गर्नुभएको छ । आजदेखि काठमाडौमा सुरु भएको दातृ निकायसँगको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोईरालाले नेपाल यतिबेला परिवर्तनको संघारमा भएकोले अब हुने संविधानसभा चुनावले देशका बाँकी समस्या सम्बोधन गर्ने बताउनु भयो ।

उहाँले अब कुनैपनि हालतमा चुनाव नसर्ने भन्दै तोकिएकै मितिमा चुनाव गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाले दातृनिकायका प्रतिनिधिलाई चुनाव पछि नेपालमा शान्ति स्थापना हुने र विकास निर्माणका कामले गति लिने भन्दै आश्वस्त पार्नु भयो । उहाले नेपालमा जारी द्धन्दले भौतिक पुर्वाधार ध्वस्त भएको भन्दै सरकार सिमित स्रोत र साधनकाबीच ध्वस्त संरचनाको पुनर्निर्माणमा जुटेको बताउनु भयो । उहाँले यसका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरेको बताउनु भयो । दीर्घकालीन विकास योजनाका निर्माणकालागि दातृ निकायको सहयोग अनिवार्य भएको भन्दै कोइरालाले दातासँगको प्रत्यक्ष संवादबाट नेपालले भोगेका चुनौतीका विषयमा साझा अवधारणा बनाउन सहयोग पुग्ने बताउनु भयो । कार्यक्रमपछि संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्री कोईरालाले तराईमा जारी हिसां चाडै समाधान हुने बताउनुभयॊ ।

कार्यक्रममा एशियाली विकास बैकका उपाध्यक्ष लियन झिनले विकास र सम्बृद्धिकालागि शान्ति आवश्यक भएको बताउनुभयो । बैठकमा अर्थमन्त्री रामशरण महतले तीन बर्षे अन्तरिम विकास योजनाका बिषयमा दाताहरुलाई जानकारी गराउनु भएको थियो । बैठक भोलिसम्म चल्ने छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com