Welcome, Guest Log In Sign Up  

काठमाडौको बसुन्धरामा कार वम विष्फोट

rajuby raju
Tue Jun 8, 2010 2:39 pm NST

काठमाडौको बसुन्धरामा कारमा राखिएको शक्तिशाली बम विस्फोटमा परी चार जना घाइते भएका छन् । आज विहान सवा सात बजे बसुन्धरास्थित इशान बाल अस्पताल नजिकै सडक छेउँमा रोकीराखेको बा।७ च। ५५३९ नम्बरको निजी कारभित्र राखिएको सकेट बम विस्फोट भएको थियो । विस्फोटमा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा पोटन ठाकुर भरत केसी नयन प्रसाद सुवेदी र सोमनाथ महतो छन् । विस्फोटबाट कार पूर्णरुपमा ध्वस्त भएको छ । विस्फोटपछि लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाईएको थियो । घटनास्थलमा नपड्किएको अवस्थामा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकेा थियो । प्रहरीले कारभित्र बीस-बीस लिटरका दुई ओटा जर्किनमा पेट्रोल रहेको प्रहरीको अनुमान छ । बम विस्फोटबाट बसुन्धरा क्षेत्र केहीबेर आतंकित बनेको थियो । बम विस्फोटले आसपासका केही घरका झ्यालका सिसा समेत फुटेका छन् । कार रानीबारीका रामबहादुर अधिकारीको भएको प्रहरीले जनाएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ ट्याक्सी स्वरोजगार समितिका कोषाध्यक्ष समेत रहेका अधिकारीले केही दिन अघिमात्र कार खरिद गरेका थिए । घटनाबारे अनुसन्धानका लागि प्रहरीले चालक दीपक विश्वकर्मा सहित नविन विष्ट र राजु खत्रीलाई पक्राउ गरेको छ । विष्फोटको जिम्मा पालैपालो नेपाल स्वतन्त्र दल र राजन मुक्ति मोर्चाले लिएको छ । संविधानसभाको म्याद थपिएकोमा बम विष्फोट गरिएको नेपाल स्वतन्त्र दलले दाबी गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com