Welcome, Guest Log In Sign Up  

मोर्चाकॊ वार्तामा मन्त्रीहरुकॊ आपत्ति

rajuby raju
Thu Feb 21, 2008 3:03 pm NST

तराईमा आन्दोलनरत मधेसी नेताहरुले हिजो भारतीय राजदूतसँग भेटेकॊ बिषयमा मन्त्रीहरुले आपत्ति जनाएका छन् । मन्त्रीपरिषद्को आजको बैठकमा मन्त्रीहरुले मधेसी नेताहरुले सात दलकै वार्ता टोलीसँग वार्ता गर्नुपर्ने भन्दै भारतीय राजदूतसंग भेटेकोप्रति आपत्ति जनाएका छन् । यसअघि तराईमा अनिश्चितकालीन आमहड्ताल गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले हिजो भारतीय राजदूतसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँग वार्ता हुने चर्चा चलिरहेका बेला मोर्चाले बुद्धिजीवी मानवअधिकारवादी र नागरिक समाजसँग छलफल गरेको र त्यसक्रममै भारतीय राजदूत शिवशंकर मुखर्जीसँग छलफल गरेको बताएको छ । तराई-मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले राजदूतसँग छलफल भएको पुष्टि गर्दै प्रधानमन्त्रीसँग भने हिजो वार्ता नभएको बताउनुभयो ।

आन्दोलन र संविधानसभा चुनावका विषयमा मोर्चामा संलग्न तराई मधेश लोकतान्त्रिक पार्टी मधेशी जनअधिकार फोरम र सद्भावना पार्टीबीच गम्भीर छलफल भएको बताइएको छ । प्रधानमन्त्रीसँगको वार्तामा कसरी बस्ने र आफ्ना ६ बुँदे मागका विषयमा के-कस्तो अडान राख्ने भन्ने विषयमै छलफल भइरहेको मोर्चाले जनाएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com