Welcome, Guest Log In Sign Up  

नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका

नेपालको संविधान

प्रस्तावना

हामी स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालका जनता नेपाललाई संघीय लोकतन्त्रात्मक गणराज्य बनाउन तथा नेपालका प्रत्येक नागरिकलाई सामाजिक राजनीतिक तथा आर्थिक न्याय उपलब्ध गराउने राज्यसंरचना स्थापित गर्न सबै प्रकारका असमानता र विभेदको अन्त्य गर्दै वैचारिक विश्वासगत बहुलता र धार्मिक स्वतन्त्रता कायम राख्न एवं आधारभूत मानव अधिकार तथा लोकतान्त्रिक मूल्यलाई सुनिश्चित गरी नेपालका जनताका बीच पारस्परिक एकता र सद्भाव वृद्धिगर्ने दृढसंकल्प गर्दै नेपाली जनताको व्यापक र विस्तारित प्रतिनिधित्व भएको संविधानसभाद्वारा आज २०६७ जेष्ठ १४ गते यो संविधान अङ्गिकार गर्दै आत्मसमर्पित गर्दछौं ।
·

धारा १। संघबद्ध अखण्ड र सार्वभौमसत्ता सम्पन्न नेपाल

१ प्रदेशहरुको संघका रुपमा अखण्ड र सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक गणराज्य नेपाल ।
२ नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता पूर्ण रुपमा नेपाली जनतामा रहने ।
३ नेपाली जनताले आफूमा निहित सार्वभौमसत्ताको प्रत्यक्ष प्रयोग आवधिक निर्वाचनहरु र आवश्यकता अनुसार हुने जनमतसंग्रहद्वारा गर्ने । जनमतसंग्रहमा जाने निर्णय -
क राष्ट्रिय आवश्यकताको बोध गर्दै संघीय संसद्ले गर्ने ।
ख पचास प्रतिशत भन्दा बढी प्रदेशहरुका संसद्ले आ-आफ्ना निर्णयद्वारा माग गरेमा पनि संघीय संसद्ले जनमत संग्रहमा जाने निर्णय गर्ने ।
४ संविधान अन्तर्गत रही प्रादेशिक संसद्ले प्रादेशिक कानून बनाउन सक्ने ।
५ नागरिकता सम्बन्धी विषय संघीय कानून अन्तर्गत प्रादेशिक व्यवस्थापनमा राखिने ।
६ प्रत्येक नेपाली नागरिकले मुलुकभर निर्वाध आवतजावत गर्न बसोबास गर्न शिक्षा-दीक्षा हासिल गर्न र व्यवसाय गर्न पाउने ।

धारा २। मौलिकहक र निर्देशक सिद्धान्त
१ स्वतन्त्रता समानता विश्वास सूचना प्रकाशन तथा अभिव्यक्ति सम्पत्ति एवं संवैधानिक उपचार सम्बन्धी सर्वमान्य नागरिकहक मौलिक हकका रुपमा रहने ।
२ जाति वर्ण लिगका आधारमा गरिने भेदभाव विरुद्धको हक तथा स्वास्थ्य र वातावरण शिक्षा र संस्कृति एवं रोजगारी र सामाजिक सुरक्षालाई पनि राज्यले नागरिक हकका रुपमा स्वीकार गर्ने ।
३ नागरिकको मौलिक हकलाई अवरोध हुननदिनु राज्यको पहिलो कर्तव्य मानिने ।
४ राज्यप्रतिको निष्ठा र जिम्मेवारी नागरिकको मौलिक कर्तव्य हुने ।
५ पछाडि पारिएका दलित महिला जनजाति र मधेशी समुदायको हकहितको विशेष संरक्षण एवं समानुपातिक प्रतिनिधित्वलाई सुरक्षित गर्ने तथा आफ्ना अवस्थाका कारण निरन्तर पछाडि पर्नसक्ने अपाग बृद्ध तथा बालवालिकालाई सम्मानजनक सहभागिताको अवसर उपलब्ध गराउन आवश्यक संरक्षण र सहयोग गर्ने राज्यको नीति हुने ।
६ धार्मिक-साँस्कृतिक तथा वैचारिक र क्षेत्रगत बहुलता र विविधताप्रति पारस्परिक संमान र सद्भाव कायम गर्दै सहिष्णुता प्रबद्र्धन गर्ने राज्यको नीति हुने ।

धारा ३। राष्ट्रप्रमुख
१ प्रादेशिक तथा संघीय संसद्ले संवैधानिक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिको चयन गर्ने ।
२ राष्ट्रिय भरोसा र आस्थाको सर्वोच्च केन्द्रका रुपमा राष्ट्रपतिको संस्था रहने ।
३ संघीय संसद्का दुबै सदनले महाअभियोग पारित गरेमा राष्ट्रपति पदमुक्त हुने ।
४ उपराष्ट्रपतिको चयन र पदमुक्ति राष्ट्रपतिका लागि निर्धारित प्रकि्रया बमोजिम नै हुने ।

धारा ४। कार्यपालिका
१ संघीय कार्यपालिका प्रमुख प्रधानमन्त्री हुने ।
२ राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुने । पुनः उम्मेदवार बन्ने प्रावधान नरहने ।
३ वालिग मताधिकारका आधारमा बहुमतले ५० ५ ंले चुनिएको प्रधानमन्त्री ४ वर्षका लागि छानिने । थप एक कार्यकालका निम्ति उम्मेदवार हुनसक्ने ।
४ संघीय मन्त्रीपरिषद्मा एघार जना सदस्य हुने ।
५ मन्त्रीहरुको नियुक्ति प्रधानमन्त्रीले सामान्यतः संसद् सदस्य भन्दा बाहिरका व्यक्तिमध्येबाट गर्ने । संसद् सदस्य मन्त्री नियुक्त भएमा उनको संसद् सदस्यता स्वतः समाप्त हुने ।
५ संघीय संसद्ले महाअभियोगको प्रस्ताव पारित गरेमा प्रधानमन्त्री पदमुक्त हुने ।

धारा ५। व्यवस्थापिका
१ संघीय संसद् दुई सदनात्मक हुने । यसको अवधि ४ वर्षको हुने ।
२ संघीय संसद्को कुनै पनि सदन विघटित नहुने । तल्लो सदनका सदस्यहरु पूर्व निर्वाचित को कार्यकाल नयाँ निर्वाचन सम्पन्न भएपश्चात् स्वतः समाप्त हुने ।
३ माथिल्लो सदन प्रथम हुनेले पद पाउने निर्वाचन प्रणालीद्वारा प्रत्येक प्रदेशबाट जनसंख्याका आधारमा ४ देखि ७ संख्यामा छानिने र अधिकतम ४५ सदस्यको सदन हुने ।
४ तल्लो सदन पार्टीद्वारा समावेशी ढाँचामा तयार गरिने प्रादेशिक बन्दसूचीका आधारमा समानुपातिक निर्वाचन प्रणालीद्वारा हुने र अधिकतम सदस्य संख्या १२५ रहने ।
५ संसद् व्यवस्थापिकाले सरकार माथि निरन्तर निगरानी र निरीक्षण गर्ने ।
६ तल्लो सदनले संघीय सरकारको नीतिगत कार्यमा बढी केन्द्रित हुँदै आफ्नो काम गर्ने । माथिल्लो सदनले प्रधानमन्त्री र सरकारद्वारा गरिने नियुक्ति र कार्यान्वयनको पक्षलाई समेत नियमित अवलोकन र निर्देशन गर्ने ।
७ आपसी संवादद्वारा नटुगिएका प्रदेश-प्रदेशका बीचको राजनीतिक विवाद र संघीय सरकार र प्रादेशिक सरकारका बीचको नीतिगत मतान्तरका विषयलाई पनि संघीय संसद्ले अन्तिम टुगो लगाउने ।

धारा ६। न्यायपालिका
१ विधिको शासन कायम गराउने जिम्मेवारी न्यायपालिकाको हुने ।
२ न्यायपालिकाको स्वतन्त्रता र मुलुकभर समान न्याय प्रणालीलाई कायम राख्न सबै तहका अदालतलाई आपसमा सम्बन्धित तर राज्यका अन्य निकायबाट स्वतन्त्र राखिने ।
३ संघीय न्यायालय सर्वोच्च अदालत प्रादेशिक न्यायालय प्रादेशिक अदालत र प्रदेश अन्तर्गतका अन्य तहमा पनि अदालत हुने ।
४ संघीयतहमा संवैधानिक अदालत र आवश्यकता अनुसार विषयगत न्यायालय अदालतहरु पनि रहने ।
५ तोकिएको प्राज्ञिक योग्यता पुगेका र कानूनको अध्ययन अनुसन्धान र अध्यापन कार्यमा विशिष्टता हासिल गरेका तथा न्याय क्षेत्रमा अभ्यास र योगदान गरेका आधारमा सबै तहका न्यायाधीशहरुको नियुक्ति प्रस्तावित गरिने । यस्तो प्रस्ताव कार्यपालिकाले गर्ने र संसदीय सुनवाइ र अनुमोदन पश्चात् नियुक्तिले पूर्णता पाउने ।
६ प्रधानन्यायाधीशको नियुक्तिका लागि न्यायाधीशको योग्यता र अनुभवका अतिरिक्त थप योग्यता कायम गरिने ।
७ संसद् व्यवस्थापिकाद्वारा निर्मित कानून बमोजिम संघीय र प्रादेशिक तहका न्यायाधीशलाई महाअभियोग लगाउने र निर्णय गर्ने प्रावधान संविधानमा नै हुने ।
८ प्रदेश-प्रदेशका बीच र संघ र प्रदेशका बीचको संवैधानिक विवाद बाहेकका अन्य विषय बारे सर्वोच्च अदालत संघीय न्यायालयले अन्तिम टुगो दिने ।

धारा ७। सेना र सुरक्षा नीित
१ प्रधानमन्त्रीले गरेको सिफारिसका आधारमा सेनापतिको नियुक्ति राष्ट्रपतिले गर्ने ।
२ प्रधानमन्त्रीले सेना परिचालनको निर्णय गर्ने ।
३ राष्ट्रिय सुरक्षानीति निर्माण गर्न संघीय रक्षामन्त्रीको अध्यक्षतामा विशेषज्ञ सहितको राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था गरिने ।
४ सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले सेनाको संख्या र संरचनाको पुनरावलोकन गरी संघीय नेपालका निम्ति नेपाली सेनाको उपयुक्त ढाँचा र आवश्यक आकार निर्धारण गर्ने ।

धारा ८। प्रदेश
१ गणराज्य नेपाललाई परिशिष्ट १ बमोजिम ६ प्रदेशमा संघबद्ध र संगठित गरिने ।
२ प्रादेशिक संसद् एक सदनात्मक हुने । यसको निर्वाचन बढी मत ल्याउनेले पद पाउने प्रत्यक्ष निर्वाचन र समानुपातिक दुबै गरी मिश्रित निर्वाचन प्रणालीका आधारमा हुने । यसको सदस्य संख्या ३५देखि ४५सम्म रहने ।
३ प्रदेशका मुख्यमन्त्रीको चयन प्रादेशिक संसद्ले पचास भन्दा बढी प्रतिशतका आधारमा मतदानद्वारा गर्ने । मन्त्रीपरिषद्को गठन न्यूनतम १० प्रतिशत संसदीय स्थान ल्याउने दलहरुको अनुपातिक साझेदारीमा बन्ने ।
४ मुख्यमन्त्रीलाई प्रादेशिक संसद्ले अविश्वासको प्रस्तावद्वारा हटाउन सक्ने । अविश्वासको प्रस्तावसँगै वैकल्पिक मुख्यमन्त्रीको प्रस्ताव पनि आउनुपर्ने ।
५ प्रादेशिक संसद्को विघटन ५० प्रतिशत भन्दा बढी सदस्यको समर्थन बाट हुने ।
६ एकभन्दा बढी गाउँ वा नगर क्षेत्रलाई त्यसको साँस्कृतिक भाषिक वा भौगोलिक विशिष्टताका आधारमा प्रदेशको सिफारिसमा संघीय व्यवस्थापिकाले विशेष क्षेत्र घोषणा गर्न सक्ने ।

धारा ९। स्थानीय गाउँ÷नगर सरकार
१ स्थानीय तहमा गाउँ र नगर सरकारको व्यवस्था रहने ।
२ स्थानीय सरकारको आफ्रनो कार्यक्षेत्र र अन्य तहका सरकारसँग मिलेर काम गर्नु पर्ने साझा कार्यक्षेत्रलाई संविधानले सूचीबद्ध गर्ने ।
३ गाउँ पालिका तथा नगर पालिकाको आकार वृद्धि गरी हाल जिल्लाहरुमा कायम रहेका अधिकारहरु स्थानीय तहमा पुर् याउने तथा आकार र सीमाङ्कनको निर्धारण प्रदेशको जिम्मेवारीमा हुने ।
४ स्थानीय सरकारको थप संरचना र निर्वाचन प्रणाली सम्बन्धी अन्य निर्णय प्रदेश व्यवस्थापिकाले बनाउने कानून बमोजिम हुने ।

धारा १०। कार्यक्षेत्र र अधिकार
१ संघीय प्रादेशिक र स्थानीय सरकारको कार्यक्षेत्र संविधानमा नै उल्लेख हुने । उल्लेख नभएका अवशिष्ट अधिकार संघीय जिम्मेवारीमा रहने ।
२ संविधानमा संघीय र प्रादेशिक तथा प्रादेशिक र स्थानीय कार्यक्षेत्रको साझा सूची बन्ने ।
३ राष्ट्रिय सुरक्षा सेना सशस्त्र प्रहरी केन्द्रीय प्रहरी समेत परराष्ट्र सम्बन्ध संचार नीति तथा पि्रुक्वेन्सी नियन्त्रण मुद्रा नीति भन्सार र मूल्य अभिवृद्धिकर भ्याट तथा राष्ट्रिय बैङ्क हवाइयातायात रेल यातायत दूरसंचार अन्तर प्रादेशिक राष्ट्रिय मार्ग जल संसाधन नीति र ठूला जलविद्युत् भूमिनीति शिक्षा नीति तथा अनुसन्धान लगायत राष्ट्रिय महत्वका नीतिगत विषयहरु संघीय जिम्मेवारीमा रहने ।
४ रेडियो टेलिभिजन संचालन र व्यवस्थापन कृषि वन शिक्षा भूमि-व्यवस्थापन स्वास्थ्य उद्योग संस्कृति-धर्म खेलकूद जस्ता विषयहरु प्रदेश र स्थानीय तहमा रहने । प्रदेशमा प्रादेशिक प्रहरी तथा स्थानीय सरकारका तहमा सामुदायिक प्रहरी रहने ।
५ विशेष क्षेत्रको कार्यक्षेत्र र अधिकार सम्बन्धी व्यवस्था घोषणाका बखत संघीय व्यवस्थापिकाले गर्ने ।
६ मुलुकको प्राकृतिक स्रोतको संरक्षण गर्ने र उपयोग गर्ने जिम्मेवारी र अधिकार प्रायः सबै तहमा रहने । कुन कुन तहमा कसरी रहने भन्ने विषय संविधानमा नै सूचीबद्ध गरी सुरक्षित र व्यवस्थित गरिने ।
७ स्थानीय सरकारहरुका बीच वा स्थानीय र प्रादेशिक सरकारका बीच तथा प्रदेशहरुका बीच वा प्रदेश र संघीय सरकारका बीच प्राकृतिक स्रोत साधनको बाँडफाँड लगायत अन्य विषयमा उत्पन्नहुने विवाद निरुपणका लागि आवश्यक संयन्त्रहरुको व्यवस्था गर्ने र अन्तिम निर्णयका सम्बन्धमा राजनीतिक विवादमा संघीय संसद् र संवैधानिक विवादमा संवैधानिक न्यायालय अदालतले टुगो लगाउने ।

धारा ११। धर्म
१ धर्मलाई व्यक्तिगत विश्वासको विषय मानिने । राज्यको कुनै तोकिएको धर्म नहुने ।
२ प्रत्येक नागरिकलाई धार्मिक विश्वास र उपासनापद्धति ग्रहण गर्ने वा नगर्ने स्वतन्त्रता हुने ।
३ धार्मिक मामला सम्बन्धी विषय सामान्यतः प्रदेशको जिम्मेवारीमा रहने ।
४ साँस्कृतिक धरोहरका रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मान्यता प्राप्त धार्मिक क्षेत्रहरुको सुरक्षा र संरक्षणमा राज्य पूर्णरुपले सहयोगी रहने । समाजलाई धार्मिक रुपले सहिष्णु बन्ने आधार र वातावरण राज्यले उपलब्ध गराउने ।

धारा १२। भाषा
१ नेपालमा परम्परादेखि बोलिदै आएका सबै मातृभाषालाई राष्ट्रियभाषा मानिने ।
२ संघीय सरकारको सम्पर्क भाषा नेपाली हुने ।
३ कुन कुन प्रदेशमा कुनकुन भाषालाई प्रादेशिक सरकारी भाषाका रुपमा प्रयोग गर्ने भन्ने बारेको निर्णय संम्बन्धित प्रदेशको संसद्ले गर्ने ।

धारा १३। संकटकाल
१ संघीय सरकारले मुलुकभर वा तोकिएको प्रदेशमा मात्रै संकटकाल लगाउने निर्णय गर्न सक्ने । तीन महिना भित्र संघीय संसद्का दुबै सदनको दुईतिहाई मतले अनुमोदन नगरेमा संकटकाल स्वतः हट्ने ।
२ कुनै प्रदेशले अनुरोध वा सिफारिस गरेमा पनि सम्बन्धित प्रदेशमा मात्रै पनि संकटकाल लगाउन सकिने ।
३ तोकिएको प्रदेशमा संकटकाल लागेको अवस्थामा प्रादेशिक सरकार विघटन गरिने र प्रादेशिक संसद् निलम्बनमा राखिने । तीन महिना पछि प्रादेशिक संसद्को निलम्बन हट्ने र प्रादेशिक संसद्को सिफारिस बमोजिम संघीय सरकारले प्रादेशिक संकटकाललाई निरन्तरता दिने वा हटाउनेकाम गर्ने ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com