Welcome, Guest Log In Sign Up  

तराईमा तनाव: दैनिक उपभोगका सामाग्री र औषधी समेतको अभाव

rajuby raju
Thu Feb 21, 2008 2:59 pm NST

नौ दिनदेखि जारी आमहडतालका कारण कष्टकर बनेको तराईको जनजीवन अझै सामान्य हुनसकेको छैन । स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन बिहानैदेखि ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरेको छ ।

आज सुनसरीमा विहानैदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथी गोली प्रहार समेत गरेको छ । सुनसरीको भण्टावारीमा प्रहरीको गोली लागेर प्रदर्शनकारी लालु कामत गम्भीर घाईते भएका छन् । आज बिहान ६ बजे प्रहरीले पश्चिमबाट यातायात स्कर्टिङ गर्ने क्रममा आन्दोलनकारीले अवरोध गरेकाले हवाइ फायर गरेकेा प्रहरीले जनाएको छ । तर आन्दोलनकारीहरुले भने आफुहरुलाई नै लक्षित गरी प्रहरीले गोली चलाएको दावी गरेका छन् ।

आन्दोलनकरीको ढुंगा प्रहारबाट ५ जना घाइते भएका छन् । आन्दोलनकारीले सातवटा यातायातका साधन तोडफोड गरेका छन् । आन्दोलनकारीको ढुंगा प्रहारबाट ना ३ ख ५५५० नम्बरको बसका चालक सन्तोष भण्डारी र यात्रु रामचन्द्र फुँयालसहित पाँचजना घाइते भएको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् । राजमार्ग क्षेत्रमा झडप हुन थालेपछि प्रशासनले इटहरीदेखि कोशी ब्यारेजसम्मको महेन्द्र राजमार्ग क्षेत्रमा कफ्र्यु लगाउने निर्णय गरेको छ । आज राती ९ बजेदेखि भोलि विहान ७ बजेसम्म महेन्द्र राजमार्गको एक किलोमिटर आसपासको क्षेत्रसम्म कफ्र्यु लगाउने निर्णय गरेकेा प्रमुख जिल्ला अधिकारी प्रेम नारायण श्रेष्ठले जानकारी दिनुभयो । स्थितीमा सुधार नआएसम्म कफ्र्यु हरेक दिन राती ९ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म लगाउने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी सिरहाको लहान र सिरहा नगरपालिकामा पनि अनिश्चितकालीन कफर्यु जारी छ । कफ्र्युको उल्लंघन गर्दै सिरहामा मारिएका राजेश ठाकुरको शवयात्रा भएको छ । कफ्र्यु उल्लंघनका क्रममा प्रहरीले गरेको हवाइ फायरमा एकजना घाइते भएका छन् । सप्तरीमा पनि बन्दका कारण जनजीवन कष्टकर बनेकेा छ । अत्यावश्यक सामाग्रीको अभाव भएको छ । लगातारको बन्द र कफ्र्युका कारण नेपालगन्जमा दैनिक उपभोगका सामाग्री र औषधी समेतको अभाब देखिएको छ । उता संयुक्त थारु राष्ट्रिय मोर्चाले थरुहट क्षेत्रमा बन्द गरेको अनिश्चितकालीन बन्द दुई दिनका लागि फिर्ता लिएको छ । सर्वसाधारणले भोग्नुपरेको कष्टलाई मध्यनजर गरी बन्द फिर्ता गरिएको मोर्चाका अध्यक्ष लक्ष्मण थारुले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैबीच नौ दिनदेखिको बन्दले जनजीवन आक्रान्त बनेपछि आज बिहानै विराटनगरमा सद्भाव ‍र् याली निकालिएको छ । विराटनगरको जनआन्दोलन चोक र भृकुटी चोकबाट निस्किएको दुइवटा र् यालीमा ब्यापक जनसहभागिता रहेको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् । बन्द पीडितहरुको सकि्रयतामा निकालीएको र् यालीले सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका थिए । र् यालीका सहभागीहरुले हिमाल पहाड तराइ एक हौ भन्दै नारा लगाएका थिए । लामो बन्दले मजदुरहरुको जीवन अत्यन्तै कष्टकर भएकोले बन्द फिर्ता लिन उनीहरुले माग गरेका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com