Welcome, Guest Log In Sign Up  

बदलिदो होली

basantaby basanta
Tue Mar 10, 2009 9:17 am NST

रंगीबिरंगी कपडाका टुक्राहरू झुन्ड्याएर बनाइएको तीनछत्रे चीर वसन्तपुर दरबारअगाडि गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ, नेपाली सांस्कृतिक परम्परामा । फाल्गुण शुक्ल अष्टमीका दिन गाडिने यो चीर पूणिर्माको राति ढालेर टुँडिखेलमा पोलिएपछि होली सकिन्छ । तर तर्राईमा भने त्यसको भोलिपल्टसम्म पनि होली सकिन्न ।

तीन छत्रे चीर स्तम्भको आफ्नै ऐतिहासिक पृष्ठभूमि र परम्परा रहेको छ । उहिले नेपालमा सानासाना राज्यहरू अस्तित्वमा रहेका बखत सबै हिन्दू राज्यहरू मयलको रूख गाडी होली खेल्थे तर पर्वतका राजा भने त्यसमा एकछत्रे चीर गाडेर । अरू कुनै राज्यले चीर गाडेर होली खेल्न लागेको उनलाई सह्य हुँदैनथ्यो र तुरुन्तै आक्रमण गरेर चीर च्यातचुत पारिदिइहाल्थे । वरिपरि राज्यमाथि पर्वत राज्यको प्रभुत्व वा प्रभावको यो एउटा ज्वलन्त उदाहरण हुन सक्छ । यसै बेला गोरखा राज्य पनि आफ्नो शक्ति विस्तारको तरखरमा थियो । पर्वतलाई हाँक दिने मनसायले गोरखाका राजा पृथ्वीनारायण शाहले एकछत्रे होइन, तीनछत्रे चीर गाडेर देखाइदिए । अरू राज्यमा यो घटना भएको भए केही हुन्थ्यो तर यस पटक पर्वत हच्कियो र केही गरेन । पछिका वर्षरूमा पनि गोरखामा यो तीनछत्रे चीरले निरन्तरता पायो र काठमाडौं उपत्यका विजयपछि राजप्रासादअगाडि तीनछत्रे चीर गाडेर होली मनाउने चलन चलायो जुन यद्यपि छँदैछ । यी प्राचीन राजप्रसादहरूमा मात्र होइन, यस अवसरमा नारायणहिटी राजदरबारमा पनि तीनछत्रे चीर गाडेर होली मनाउने परम्परा रहेको छ ।

गोपाल राजवंशावलीलाई आधार लिने हो भने नेपालमा होली मनाउने चलन राजा मानदेवले चलाएको हो । तर उक्त वंशावलीमा होली पौष शुक्ल पर्ूण्ामा दिन मनाएको भन्ने उल्लेख सम्भवतः गल्ती लेखन हुन सक्छ । त्यसपछिका ऐतिहासिक स्रोतहरूमा भने फागुन महिनामा नै होली मनाउने गरेको पाइन्छ । यस बेला होलीबाहेक काठमाडौँमा अन्य जात्राहरू पनि हुने हुँदा साँस्कृतिक उमङ्ग थपिन्छ, जस्तो गुरुमापालाई घ्याम्पोमा भात पकाएर खुवाउन केशचन्द्र पारावत महाविहारबाट टुँडिखेलमा यसै राति लगिन्छ । यसै राति ठमेल भगवान् बहालबाट चकंद्यः भनिने सिंहर्सार्थ बाहुको जात्रा गरेर काठमाडौं घुमाइन्छ । यसरी नै हरिसिद्ध जात्रा पनि यसै बेला सम्पन्न गरिन्छ ।

काठमाडौं उपत्यकामा रैथाने नेवार समुदायद्वारा होली उत्सवमा गाइने गीतहरूमा पानी नभई रंग वा अबिरको उल्लेख यत्रतत्र पाइन्छ । तर आजभोलि होली मनाउँदा काठमाडौँ पानीको अत्यधिक प्रयोग बढ्दो छ । होली उत्सवमा कुनै बेला पानीको कुनै प्रयोजन हुँदैनथ्यो, यो त आजभोलिको उपज हो । रंग वा अबिर हाल्न नसक्ने अवस्थामा 'लोला' हानिन्थ्यो जुन रंग र सुगन्धित सुवासस“ग सम्बन्धित हुन्थ्यो । तर अहिले 'लोला'को नाममा बेलुनमा पानी भरेर हान्ने तथा पानी छ्याप्ने चलन विकास भएको छ । गत केही वर्षेखि बेलुनबाहेक सानो सानो प्लास्टिकको झोलामा पानी भरेर बेस्सरी हान्ने चलन पनि चलेको छ ।

आजभोलिको होलीमा केटी जिस्क्याउने नेपाली तथा हिन्दी फिल्मी गीतलाई बेढङ्गसग गाएर र हाहाहुहु’ गरेर पनि रमाउ“छन्, र्सवसाधारण । काठमाडौंका रैथाने नेवारहरूको होलीसम्बन्धी रोचक, घोचक तथा शिष्ट गीतसङ्गीत अहिले विस्मृति प्रायः भइसकेका छन् । नेपाली राष्ट्रिय कलाकार भनाउँदाहरू नै भारतीय चलचित्रबाट प्रभावित भई हिन्दी चलचित्रमा गाइने गीतको भाकामा गाउने तथा नाच्ने बढ्दो प्रवृत्तिस“गै होली मनाउने शैलीमा पनि फरक आउनु अस्वाभाविक मानिन्न ।


Post a reply

Related Stories
चीर गाडेर सुरु गरियो होली पर्व
होलीको मेला : मूर्खहरुको भेला

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com