Welcome, Guest Log In Sign Up  

ओबामा नेपालसँग सहकार्य गर्न इच्छुक

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो चारवर्षे कार्यकालमा शान्ति र मित्रताका आधारमा सुरक्षित विश्व निर्माणका निम्ति नेपालसँग मिलेर कार्य गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्री ओबामालाई अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि पठाउनुभएको शुभकामना सन्देशको जवाफमा राष्ट्रपति ओबामाले सो इच्छा व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमा राष्ट्रपति ओबामाले आफूले राष्ट्रपतिको कर्तव्य र जिम्मेवारी लिएपछि प्रधानमन्त्री दाहालद्वारा अभिव्यक्त ‘उत्साहका शब्द’प्रति सराहना पनि व्यक्त गर्नुभएको छ । रासस


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com