Welcome, Guest Log In Sign Up  

महेश्वर श्रेष्ठद्वारा नेकपा एकीकृत परित्याग

dineshby dinesh
Sat Mar 7, 2009 10:19 pm NST

नेकपा एकीकृतका संस्थापक केन्द्रीय सदस्य महेश्वर श्रेष्ठले एक विज्ञप्ती मार्फत सो पार्टीपरित्याग गरेको घोषणा गर्नुभएको छ । फागुन २२ गते जारी विज्ञप्तीमा भनिएको छ, "नेपाल कम्युनिष्ट एकीकृत नेताद्वारा पार्टीकीकृतभित्र अभिव्यक्ति स्वतन्त्रता र आन्तरिक जनवाद नरहेको, गत पुषको पहिलो साता जनकपुरमा सम्पन्न एकीकृत नेताद्वारा पार्टी 'एकताको सातौं महाधिवेशन' मा छलफलका लागि पेश गरिएका केहि अत्यन्त महत्वपर्ूण्ा फरक मतलाई नेतृत्व गूटबाट षडयन्त्रपर्ूवक प्रस्तुत हुनै नदिइएको, उक्त महाधिवेशनले राष्ट्रले तत्काल सम्पन्न गर्नु पर्ने राज्य पुनःसंरचना जस्तो अत्यन्त गम्भीर एवं संवेदनशील कार्यभार सम्बन्धमा वर्गीय मुद्दालाई पूरै बेवास्ता गर्दै देशमा हुतु र तुत्सी जन्माउने, जातीय विद्वेष र दंगालाई पृष्ठपोषण गर्ने, राष्ट्र विखण्डन निम्त्याउनेे, र कालान्तरमा मुलुकको स्वतन्त्र अस्तित्वलाई नै समाप्त पार्ने स्थिति सिर्जना गर्न सक्ने अत्यन्त गलत जातिवादी एवं राष्ट्रघाती नीति पारित गरेकोमा त्यस नीतिको घोर विरोध गर्दै तथा राष्ट्रघातमा सामेल हुन अस्वीकार गर्दै आजैका मितिबाट उक्त पार्टर्ीरित्याग गरेको घोषणा गर्दछु ।"

"नेपाली जनताको सच्चा मुक्ति तथा न्यायपर्ूण्ा समाज निर्माणका खातिर यको ज्य ज्ज्संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र सुदृढीकरण गर्ने कार्यमा समान विचार राख्ने व्यक्ति तथा शक्तिसंग सहकार्य गर्दै देश प्रतिको कर्तव्य पालन गर्ने कार्यमा सदा कृयाशील रहने प्रतिवद्धता समेत यसै विज्ञप्ति मार्फ जाहेर गर्दछु" वक्तव्यमा भनिएको छ ।

श्रेष्ठका विचारोतेजक लेखहरु संचार नेपाल डट कममा नियमित प्रकाशित भइरहेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com