Welcome, Guest Log In Sign Up  

सरकारको विरोध

rajuby raju
Thu Feb 21, 2008 2:56 pm NST

पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि सर्वसाधारणहरु सरकार विरुद्ध उत्रिएका छन् । पेट्रोलियम पदार्थको बहानामा अब्यवस्था सृजना गरी तानाशाह जन्माउने खेलमा सरकार लागेको उनीहरुले आरोप लगाएका छन् ।

विद्यार्थी तथा शिक्षकहरुको संगठन राष्ट्रिय शान्ति तथा सुब्यबस्था सरोकार समितिले आज काठमाडौंमा विरोध र् याली निकालेर देशलाई निकास दिन सरकार अक्षम भएको आरोप लगाए । उनीहरुले आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ताको राजनीमा समेत माग गरेका छन् । आपूर्ति सहज गर्न आयल निगम खारेज गर्नूपर्ने उनीहरुको माग छ । देशभर हाहाकार मच्चिदा पनि नागरिक समाज र उपभोक्ता माच मौन रहनु रहस्यमय भएको उनीहरुको भनाइ छ । अभावको नाममा देशमा कालाबजारी भैरहेको उनीहरुले आरोप लगाएका छन् ।

पेट्रोलियम पदार्थको अभाव भएपछि निकै कम मात्र यातायातका साधन चलेका छन् जसले गर्दा असुरक्षिँत यात्रुहरुको संख्या बढेको छ । उनीहरु गाडीको छतमा चढेर र झुण्डिएर यात्रा गरिरहेका छन् । ट्राफिक ब्यवस्थापन गर्न बसेका ट्राफिकहरुले समेत जोखिमपूर्ण यात्रालाई कम गर्न सकेका छैनन् । हिजो भन्दा आज सडकमा केही बढी यातायातका साधन देखिएपनि पर्याप्त हुन सकेको छैन । सार्वजनिक यातायातका साधनहरु निकै कम मात्र गुडेका छन् जसले गर्दा यात्रुहरु मर्कामा परेका छन् । यसअघि हिजो भारतको रक्सौल नाकाबाट पेट्रोलियम पदार्थका एक सय ३६ वटा ट्यांकर र दैनिक उपभोग्य सामग्रीका करिव १८ वटा ट्रक नेपाल भित्रिएको बारा प्रहरीले जनाएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com