Welcome, Guest Log In Sign Up  

नेवा: जागरण मन्चले बसन्तपुरमा वृहत सभा गर्ने

सरोज रत्न शाक्य

नेवा: हक हित र सरंक्षणका लागि आबद्व नेवा: जागरण मन्चले यही आउँदो अप्रिल ४ तारेख बसन्तपुरमा एक खुल्ला सभाको आयोजना गरी आफ्नो पहिलो वार्शिक कार्यक्रम मनाउने भएको छ । नेवा: स्वायत्त राज्यको माग गर्दै आएको नेवा: जागरण मन्चको गठन गत वर्श चैत्र १६ गते काठमान्दौको इतुन्बहालमा एक भब्य कार्यक्रम बीच घोषणा सभाको आयोजना गरी संगठन निर्माण भएको घोषणा भएको थियो । मन्चको गत शनिबार क्षेत्रपाती पार्टी प्यालेसमा आयोजना गरेको एक वृहत अगुवा कार्यकर्ता भेलाले मन्चको वार्शिक समारोह भब्यतापुर्वक सम्पन्न गर्नका लागि मन्चका सचिब बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा १०१ सदस्य रहेको एक समारोह समिती समेत गठन गरेको छ । मन्चले नेपाल सन्बतको तिथी अनुसार यही आउँदो मार्च १८ तारेख चिल्लागा सप्तमिको दिन एक ब्रिहत भेलाको आयोजना गरी औपचारिक कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

त्यसको लगत्तै सबै राजनैतिक दलहरुमा रहेका सम्पूर्ण नेवार नेताहरुलाई आमन्त्रण गरी अप्रिल ४ तारेख शनिबार बसन्तपुरमा सभाको आयोजना गर्न लागेको हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com