Welcome, Guest Log In Sign Up  

मिनीबस दुर्घटनामा दुईजनाको मृत्यु

rajuby raju
Thu Feb 21, 2008 2:53 pm NST

बाँके जिल्लाको शमशेरगन्जमा पर्ने पुर्ब पश्चिम राजमार्गको मुगुबा खोला नजिकै मोटर साईकल र मिनीबस ठोक्किदा गएराती दुईजनाको मृत्यु भएको छ । बस र मोटरसाइकल ठोक्किदा मोटर साईकलमा रहेका २ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुरबाट दाङको लमही जादै गरेको भे १ प ६९५५ मोटर साइसकल र दाङको लमहीबाट कोहलपुर आउदै गरेको ना १ ख ८१११ नम्बरको मिनि बस बुधबार राती साढे ११ बजे एक आपसमा ठोक्किएको थियो । मृत्यु भएकाहरुको शनाखत भने हुन सकेको छैन । इलाका प्रहरी कार्यालय कोहलपुरले मृतकहरुको शबलाई पोष्टमार्टमका लागि भेरी अन्चल अस्पतालमा राखिएको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् । यसैगरी नवलपरासीको स्वाँठीमा हिजो साँझ प्रहरीको गाडी दुर्घटना हुँदा १७ जना प्रहरी घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । ना। १ ख ५०२ नम्बरको गाडी दुर्घटना परी घाइते हुनेमध्ये एकको बुटवल अाचल अस्पतालमा उपचार भइरहेको छ । बाँकी घाइतेको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com