Welcome, Guest Log In Sign Up  

अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी

rajuby raju
Thu Feb 21, 2008 2:50 pm NST

पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले आज जिल्ला शिक्षा कार्यालय काचनपुरमा तालाबन्दी गरेको छ । दार्चुला जिल्ला प्रशासनले लटिनाथ घटनामा संलग्न भएको आरोपमा अखिल क्रान्तिकारीका दुई विद्यार्थीलाई पक्राउ गरेको थियो ।

दुई साता अघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं विधायक दिलेन्द्र प्रसाद बडु सहित नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामाथि लटिनाथमा भएको आक्रमणपछि प्रहरीले पक्राउ गरेका कृष्णबहादुर विष्ट र नरबहादुर विष्टलाई रिहा नगरेसम्म तालाबन्दी यथावत रहने क्रान्तिकारीले जनाएको छ । शिक्षा कार्यालयमा तालाबन्दी गर्नुअघि क्रान्तिकारी विद्यार्थीले महेन्द्रनगर बजारमा जुलुस निकालेका थिए । यसअघि हिजो रिहाइको माग गर्दै क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालय काचनपुरमा ज्ञापन बुझाएको थियो । विद्यार्थीहरुलाई तत्काल रिहा नगरे चक्का जाम गर्ने चेतावनी समेत उनीहरुले दिएको हाम्रा स्थानीय सहकर्मीले दिएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com