Welcome, Guest Log In Sign Up  

जनसामु ललित त्रिपुरा सुन्दरीको कृति

rajuby raju
Fri Jan 18, 2008 7:47 am NST

करिव दुइसय वर्षअघि अर्थात १८८१ सालमा ललितत्रिपुरा सुन्दरीले अनुवाद गरेको राजधर्म लामो समयसम्म बाहिर आएन । राजधर्मलाई कसले अनुवाद गर् यो भन्नेमा नै विवाद कायम रह्यो । योगी नरहरीनाथको संयोजकत्वमा २०१६ सालमा भएको प्राज्ञहरुको भेलाले यो कृति ललितत्रिपुरा सुन्दरीले नै लेखेका हुन भनी सामुहिक हस्ताक्षर गरेको थियो । हस्ताक्षर गर्नेहरुमा बालकृष्ण सम सिद्धिचरण श्रेष्ठ, सत्यमोहन जोशी तथा जनकलाल श्रेष्ठ लगायत हुनुहुन्थ्यो । त्यसको पचास वर्षपछि साहित्यकार नरेन्द्रराज प्रसाईले पुस्तक प्रकाशन गरी नरहरीनाथको प्रयासलाई पूर्णता दिने प्रयास गर्नुभएको छ ।

पुस्तकमा ललितत्रिपुरा सुन्दरीको अनुवादलाई छाप्ने भुवानानन्दका अक्षरहरु समेत समेटिएका छन् । १ सय ३४ अध्यायको यो पुस्तकमा ७ सय २६ पृष्ठ छन् । पुस्तकमा मोदनाथ प्रश्रित गोविन्द भट्ट सत्यमोहन जोशी जगदिशशम्शेर राणा मदनमणि दिक्षित तथा बेलायति इतिहासवीद जोनाथन ग्रेक्सनका धारणाहरु पनि समेटिएका छन् । लेखक तथा प्रकाशक नरेन्द्रराज प्रसाई ललितत्रिपुरा सुन्दरीका बारे थप अनुसन्धान हुनुपर्ने बताउनुहुन्छ ।

सुन्दरीले गरेका समाज सुधारकाकार्य नेपाली इतिहासका कोशेढुङ्गा भएका छन् । राजधानीको गजुरसहितको धरहरा ललितसुन्दरीले नै १८८२ सालमा बनाउन लगाएकी हुन् । सुन्धारा १८८५ सालमा बनाउन लगाएकी हुन् । यसैगरी त्रिपुरेश्वर महादेवको मन्दिर १८ सय ७४ मा शुरु भएर १८७७ मा सम्पन्न भएको थियो । यो मन्दिर अगाडि उनको सुन्दरमूर्ति राखिएको छ । काठमाडौं ललितपुर जोड्ने बागमति पुल पनि उनैले बनाउन लगाएकि हुन् । देशभक्त र असल समाज सुधारक सुन्दरीको हुलाक टिकट निकाल्न आवाज उठाइरहेको बताउनुहुन्छ विधायक शान्ता श्रेष्ठ�� । अहिले ललितसुन्दरीका कार्यको थप अनुसन्धान भैरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com