Welcome, Guest Log In Sign Up  

तराईमा अझ तनाव कायमै

rajuby raju
Wed Feb 20, 2008 3:17 pm NST

आठ दिनदेखि जारी आम हडतालका कारण कष्टकर बनेको तराईको जनजीवन अझै सामान्य हुनसकेको छैन । स्थानीय प्रशासनले आज पनि स्थिति नियन्त्रणमा लिन बिहानैदेखि ठाउँठाउँमा कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासनले बाराको परवानीफरदेखि सिमराको सूर्य नेपाल प्रालिसम्मको एक किलोमिटर आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

त्यसैगरी स्थानीय प्रशासनले बीरगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा पनि बिहान ७ बजेदेखि अनिश्चितकालिन र्कफ्यू आदेश जारी गरेको छ । प्रहरीको गोलीबाट बीरगन्ज छपकैयाकी हसिना खातुन घाइते भएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कर्फ्यू अवज्ञा गदै बन्द आव्हानकर्ताले बीरगन्जको प्रतिमा चोक मुर्लीचोक नगवा र नयाँ बसपार्कमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले बाईपास सडकमा आन्दोलनकारीले राखेको अवरोध हटाउने क्रममा स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरेको थियो । मुर्लीमा प्रर्दशनकारीहरुलाई तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो । तेलका ट्यांकरहरु संचालनका लागि कर्फ्यू जारी गरिएको बताईएको छ । आज बीरगन्जबाट एक सय एघार ट्यांकरलाई स्कटिङ्ग गरिने योजना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसैबीच पेट्रोलियम पदार्थ लिन बाराको पथलैयाबाट रक्सौलतर्फ ९० वटा खाली ट्यांकर पठाइएको छ । त्यसैगरी सिरहाको लहान र सिरहा नगरपालिकामा पनि विहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । विराटनगरमा हिजो बिहान ११ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान १० बजेपछि खुलाइएको छ ।

नेपालगाजमा पनि कर्फ्यू कायमै छ । आज बिहान प्रर्दशनकारीहरुले नेपाल भारत सीमाबर्ती क्षेत्रमा पर्ने जमुनाहा र जयसपुर क्षेत्रमा कर्फ्यूको अबज्ञा गर्दै प्रर्दशन गरेका छन । प्रर्दशनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्ज गरेको छ । प्रर्दशनकारीहरुको बिचबाटै कटुवा पेस्तोलबाट फायरिङ भएको दाबी प्रहरीले गरेको छ । प्रर्दशनकारी र प्रहरी बिच भएको झडपमा एक स्थानिय महिला वाइपा सायरा कुरैसी घाईते भएको प्रहरीले जनाएको छ । उनको स्थानिय शिक्षण अस्पतामा उपचार भईरहेको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् ।

यसै गरी संयुक्त मधेशी मोर्चाले आव्हान गरेको बन्दका क्रममा आईतबार मृत्यु भएका नेपालगन्ज नगरपालिका वडा नं १६ का गुलजार खा को शब स्थानिय प्रशासनले परिवारजनलाई बुझाएको छ । प्रशासनले तत्काल राहत स्वरुप १० हजार रुपैयाँ पनि उलपब्ध गराएको छ । खाँको परिवारजनका लागि १० लाख रुपैयाँ उपलब्ध गराउन पनि स्थानिय प्रशासनले गृहमन्त्रालय समक्ष सिफारिस गरेपछि खाँको परिवारले शव बुझेका हुन ।

लिम्बुबान राज्यको माग गर्दै लिम्बुवान राज्यपरिषद्ले कोशीपूर्वमा गरेकेा बन्दको विरोधमा ताप्लेजुङमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । लिम्बुवान क्षेत्र बन्दका कारण ताप्लेजुङमा ग्यास चामललगायत दैनिक उपभोग्य सामानको अभाव भएको छ । यसैबीच खुम्वुवान राष्ट्रिय मोर्चा थारुवान राष्ट्रिय मोर्चा र दलित जनजाति पार्टीले आज आव्हान गरेको उदयपुर बन्दको आठदल निकट विद्यार्थी संगठनले अवज्ञा गरेका छन् । बन्दको अवज्ञा गदै विद्यार्थीले सदरमुकाम गाईघाट बजारमा बिहानैदेखि प्रर्दशन समेत गरेका थिए । उनीहरुले बजार बन्द विरुद्ध प्रर्दशन गर्दै व्यापारी उद्योगी यातायात व्यवसायीलाई बन्द अवज्ञा गर्न अनुरोध गरेपछि बजार तथा पसल खुलेका छन् । बन्द अवज्ञापछि आन्तरिक यातायात समेत संचालनमा आएका छन् । विद्यार्थी संगठनले सबैखाले बन्दको अवज्ञा गर्दै संविधानसभा चुनाव सफल बनाउने घोषणा समेत गरेका छन् । बन्द खुलाउन स्थानीय प्रशासन र बिद्यार्थीहरुले पहल गरेपछि मध्यान्हपछि सबै बजार पसल खुलेको त्रियुगा उद्योग बाणिज्य संघका महासचिव गोपाल श्रेष्ठले बताउनु भयो । विद्यार्थीको अवज्ञासँगै जिल्लाका मुख्य बजार कटारी बेल्टारलगायत अन्य ग्रामीण बजार खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खड्काले बताउनु भयो । जिल्ला भित्र यातायातका साधन पनि चल्न थालेको छ तर जिल्ला बाहिर जाने यातायातका साधन भने सुचारु हुन सकेको छैन ।

बन्दकै कारण जिल्लामा खाद्यान्न पेट्रोलियम पदार्थको अभाव भएको छ । पॆट्रोलियम पर्दाथको अभावमा जिल्लामा संचालित तीनवटा एम्वुलेन्स समेत दुई दिन देखि बन्द भएको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com