Welcome, Guest Log In Sign Up  

दुर्घटनामा नौ जनाको मृत्यु

rnby rn
Mon Feb 16, 2009 4:10 pm NST

विभिन्न जिल्लामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । नवलपरासीका तीन ठाउँमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नवलपरासीको दाउन्नेमा ट्रक पल्टिँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै नवलपरासीकै ज्यामिरेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ज्यामिरेकी १३ वर्षीया रमिता चौधरीको मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक फरार छन् । त्यस्तै नवलपरासीकै विदेश्वरी गाविसको वडा नम्बर ६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । ना। २ त ६७९९ नम्बरको ट्याक्टरबाट खसेर ३५ वर्षीय गौमती भूर्तेलको मृत्यु भएको हो । त्यसैगरी दाङको घोराहीस्थित चौपट्टामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौं आउँदै गरेको ना। २ ख ४९५५ नम्बरको बस सडकबाट तीन सय मिटर तल खसेर रुखमा अड्किएको थियो । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यस्तै जन्ती लिएर गइरहेको ट्याक्सी इलामको चिहानडाँडामा दुर्घटना हुँदँ दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मोरङको बयरवनबाट पाँचथरको थर्पुमा जन्ती लिएर जाँदै गरेको मे। १ ज ६४३ नम्बरको ट्याक्सी दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा बेहुलाका बुबा ६१ वर्षीय उमानाथ दाहाल र २५ वर्षीया दिदी कल्पना दाहालको मृत्यु भएको छ । घाइते सबैको धरानस्थित बीपी कोइराला स्व्ाास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com