Welcome, Guest Log In Sign Up  

आदिवासी जनजातिले छुट्टै संयन्त्रको माग गर्दै रिट दायर

rnby rn
Sun Feb 15, 2009 3:56 pm NST

आदिवासी जनजातिले संविधानसभामा आदिवासी जनजातिका सवाललाई स्वतन्त्र रुपले उठाउन छुट्टै संयन्त्रको माग गरेका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघलगायत २० वटा आदिवासी जनजाति संस्थाहरुले संविधानसभामा आदिवासी जनजाति सभासद्को भूमिका शून्य रहेको भन्दै छुट्टै संयन्त्रको माग गरेका हुन् । उनीहरुले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सरकारले पारित गरिसकेको आईएलओ महासन्धि १६९ मा ब्यवस्था भएका अधिकार कार्यन्वयन गर्न माग गरे । उनीहरुले आईएलओ महासन्धि पूर्ण कार्यान्वयनको माग गर्दै गत फागुन १ गते सर्वोच्च अदालतमा रिट दायर गरेको जानकारी पनि दिएका छन् । पत्रकार सम्मेलनमा आदिवासी जनजातिका मानवअधिकार संरक्षणको क्षेत्रमा कार्यरत कानुनब्यवसायीको संस्था लाहुर्निपका उपाध्यक्ष दिनेश घलेले जातीय अधिकार संरक्षण गर्न आदिवासी जनजाति सभासद्को भूमिका शून्य रहेका भन्दै आक्रोस पोख्नुभयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले नयाँ संविधानमा कुल जनसंख्याको ३८ प्रतिशत हिस्सा ओगट्ने आदिवासी जनजातिका सवाल समेट्न माग गर्नुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com