Welcome, Guest Log In Sign Up  

पाल्पा महोत्सवमा करुवाको चर्चा

rajuby raju
Wed Feb 20, 2008 3:03 pm NST

पाल्पा तानसेनको टुडिखेलमा भैरहेको औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सवमा बिश्वकै सबैभन्दा ठूलो भनिएकॊ पाल्पाली करुवा सबैको आकर्षणको केन्द्र बनेको छ । करुवा र ढाकाबाट पाल्पा जिल्ला परिचित हुँदै आएको छ ।

पाल्पामा बिश्वकै सबै भन्दा ठूलो करुवा प्रदर्शनीमा राखिएको छ भन्ने चर्चा चलेपछि करुवा हेर्नकै लागि छिमेकी जिल्लाहरुबाट समेत दर्शकको ओइरो लागेको छ । यस्तै भारतबाट समेत प्रदर्शनी हेर्न आएका आयोजकले जानकारी दिएका छन् । संचारकर्मीदेखि सर्वसाधारणसम्मको करुवा हेर्न मेलास्थलमा दिनहुँ भीडभाड बढेको मेला आयोजक समितिले जनाएको छ ।

लामो समय लगाएर तानसेनका युवा ब्यबसायी शेखरकुमार बर्जाचार्यले बिश्वकै सबै भन्दा ठुलो करुवा बनाउनु भएको हो । आजसम्म कसैले नबनाएको नमुना करुवा बनाएर पाल्पालाई पर्यटनको क्षेत्रमा योगदान गर्ने उद्देश्यले करुवा बनाएको ब्रजाचार्यले बताउनुभयो । बज्राचार्यको घरबाट करीब १ किलो मिटर दुरीमा रहेको मेलास्थलमा ४ सय किलोको करुवा ल्याउन ४ घण्टा लागेको थियो । करुवा जस्तै पाल्पाका कुटुरी तथा घरेलु उद्योगबाट उत्पादित सरसमानको प्रर्दशनी मेलामा गरिएको छ । यस्तै २०१५ सालमा पाल्पाली ढाका उद्योगमा बुनिएको काठको तान काठैकाठको रानी महल पाल्पा दरबारको नमुना स्वरुप जस्ता पाल्पाली पहिचान बोकेका एतिहासिक बस्तुको प्रर्दशनी मेलामा गरिएको छ । जसम्म झण्डै एक लाख दर्शकले मेला अबलोकन गरेको र करिव एक करोडको कारोबार भएको पाल्पा उद्योग बाणिज्य संघका अध्यक्षँ भुषणराज लवटले बताउनुभयो । मेला फागुन १० गतेसम्म चल्ने छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com