Welcome, Guest Log In Sign Up  

सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै

rajuby raju
Fri Apr 2, 2010 3:49 pm NST

सरकारले ऐतिहासीक जनआन्दोलन २०६२-०६३ सफल भएको दिन बैशाख ११ गते भव्य र व्यवस्थीत रुपमा लोकतन्त्र दिवस मनाउने निर्णय गरेको छ । आज िसंहदरवारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मुलसमारोह समितिको बैठकले दिवसका लागि उपत्यका भित्रका महानगरपालीका तथा नगरपालीकालाई राष्ट्रिय झण्डा र व्यानर सजाएर सरसफाइ तिब्र पार्न निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै बैशाख ११ गते सुन्धारमा रहेको धरहराबाट सूर्योदयसंगै सेनाले विगुल बजाएर टुंडीखेलमा तोप बढाई गरिने छ । ज्ञात अज्ञात सहिदको आत्माको शान्तिको कामना गर्दै विभिन्नस्थानमा पुजापाठ गर्ने र सोही दिन राष्ट्रपति डा।रामवरण यादवको प्रमुख आतिथ्यमा सैनीक माचमा लोकतन्त्र दिवस मनाईने छ । दिवसका दिन मुलुकभरका सरकारी कार्यालय तथा विदेशस्थित कुटनीति नियोगहमा दिपावली गर्ने पनि मूल समारोह समितिले निर्णय गरेको छ । यसका लागि प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । बैठकका सहभागीले लोकतन्त्रका महान योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा पार्क तथा स्मारक बनाउन सरकारलाई सुझाब दिएका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com