Welcome, Guest Log In Sign Up  

प्रजातन्त्र दिवसको चहलपहल

rajuby raju
Tue Feb 19, 2008 3:53 pm NST

आज फागुन ७ गते, अर्थात अन्ठाउन्नौं राष्ट्रिय प्रजातन्त्र दिवस । राणाशासन अन्त्य भई प्रजातन्त्र उदय भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गरी सबै समस्या राष्ट्रिय एकता र सहमतिको आधारमा उचित तवरले समाधान गरी मुलुकलाई निर्वाध रुपले अघि बढाउन संवेदनशील भएर लाग्न सबैमा अपील गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री कोइरालाले अगामी चैत २८ गते संविधानसभा चुनाव सम्पन्न गराउन दृढ संकल्पका साथ लागिरहेको स्मरण गराउँदै यसलाई सफतापूर्वक सम्पन्न गर्नु हामी सबैको पहिलो जिम्मेवारी भएको बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्री कोइरालाले संविधानसभाको सफलताले मात्र लोकतन्त्रलाई संस्थागत रुपले अघि बढाएर देशमा दीगो शान्ति कायम गर्ने र सबै जातजाति वर्ग र क्षेत्रका जनतालाई समान रुपमा सम्पूर्ण अधिकारको न्यायोचित उपभोग गर्ने अवसर प्रदान गर्ने बताउनुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेस नेकपा एमालेलगायतका दलहरुले पनि प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका छन् । यसैबीच राजा ज्ञानेन्द्रले पनि अन्ठाउन्नौं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमा राजा ज्ञानेन्द्रले स्वार्गीय राजा त्रिभुवन र वीर शहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । राजा ज्ञानेन्द्रले आफ्नो सन्देशमा देशको अखण्डता राष्ट्रियता तथा स्वतन्त्रतालाई अक्षुण्ण राख्दै सदियौंदेखि नेपाली-नेपालीबीच रहिआएको सद्भावलाई सुदृढ तुल्याएर प्रजातन्त्रको प्रतिफल सबैले समानरुपमा पाउने वातावरणका साथै समुन्नत र सबल नेपाल बनाउन हामी सबैलाई सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

यसरी नैं प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सैनिकमाच टुंडिखेलमा सम्बोधन गर्नुभएको छ । कार्यक्रममा राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री कोइरालालाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com