Welcome, Guest Log In Sign Up  

उस्तै छ तराइ तनाव

rajuby raju
Tue Feb 19, 2008 3:21 pm NST

तराइमा जारी आम हडतालका कारण कष्टकर बनेको विभिन्न जिल्लाको जनजीवन अझै सामान्य बन्न सकेको छैन । आज नेपालगन्ज र विराटनगरमा अनिश्चितकालीन कफर्यु जारी छ । बिराटनगरमा स्थानीय प्रसाशनले आज बिहान ११ बजेदेखि अनिश्चितकालका लागि कफुर्य लगाएको छ । बिहानैदेखि बिराटनगरको महेन्द्रचोक महाबिरचोकलगायतका ठाउँमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको थियो ।

बन्दको अबज्ञा गर्दै अर्को समुह प्रतिकारमा उत्रिए पछि झडपको सिर्जना हुने आशंकामा स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले बिराटनगरको जोगबनी क्षेत्रदेखि मोरगंको टकीं सिनवारीसम्म पर्ने धरान बिराटनगर मेनरोडको पुर्व पश्चिम १ किलोमिटर क्षेत्रसम्म कफर्यु क्षेत्र तोकेको छ । नेपालगंजमा आज बिहान ३ घन्टा कफ्यु हटाइए पनि स्थानीय प्रशासनले पुनः ८ बजे देखि कफ्र्यु जारी गरेको छ । आइतबार दिउँसो २ बजेदेखि लगाईएको अनिश्चितकालीन कफ्र्यु आज तीन घण्टाका लागि हटाइएको थियो । लगातार ३७ घन्टा पछि कफ्र्यु केहि बेर भए पनि हटाईए पछि नेपालगन्जबासीले राहात महशुस गरेका थिए । लगातार ७ दिन देखिको बन्द र आईतबारदेखिको अनिश्चितकालिन कफ्र्यु कारण नेपालगन्जमा औषधीको समेत अभाब देखिएको छ । ७ दिन देखिको बन्दका कारण अत्यावश्यक औषधीको अभाब भएको हो ।

यसै बीच नेपालगन्जमा शान्ति सुरक्षाको अबस्थालाई थप प्रभाबकारी बनाउन मध्य पश्चिम क्षेत्रमा सुरक्षा अधिकारीहरु नेपालगन्ज पुगेका छन् । क्षेत्रिय प्रशासक धु्रब शर्मा जनपथ प्रहरीका डिआईजी भरतबहादुर जिसी र शसस्त्र प्रहरीका डिआईजी कृष्णबहादुर बिष्टसहितका सुरक्षा अधिकारीहरुले स्थानीय प्रशासन र प्रहरीसँग छलफल शुरु गरेका छन् । उता हिजो बिहानदेखि तनाब रहेको बर्दियामा भने आज जनजीवन सामान्य हुँदै गएको छ । बर्दियाको सदरमुकाम गुलरियामा स्थानीय प्रशासनको सकृयतामा आज बिहान सदभाब र्याली निकालिएको छ । सात दल र बन्दकर्ताहरुबीच छलफल पछि सदभाब र्याली निकालिएको बताईएको छ । स्थितिलाई सामान्य बनाइ राख्न सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको प्रमुख जिल्ला अधिकारी शिव नेपालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार मोर्चाका कार्यकर्ताहरुले आफुले गरेको गल्ति स्वीकार गरी क्षतिपुर्ति दिने सहमति जनाएका छन् ।

यसैबीच शान्ति सुरक्षाको माग गर्दै बारामा चिकित्सकहरुले जुलुस निकालेका छन् । तराइमा सशस्त्र संघर्ष गरिरहेका बिभिन्न समूहले ज्यान मार्ने धम्की दिने र चन्दा माग्ने गरेकेा भन्दै सुरक्षा माग्दै चिकित्सकहरु सडकमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरुसँग चन्दा नमाग्न आग्रह गर्दै कलैया अस्पतालबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो । चन्दा माग र धम्कीकै कारण एक सातादेखि कलैया अस्पताल इलाका स्वास्थ्य कार्यालय र उपस्वास्थ्य चौकीमा आकस्मिक र डट्स सेवा बाहेकका सबै सेवा ठप्प छ ।

उता लिम्बुबान राज्यको माग गर्दै पाँच दिनदेखि लिम्बुवान राज्यपरिषदले कोशी पूर्वमा गरेकेा बन्दको विरोधमा ताप्लेजुङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । लिम्बुबान राज्यपरिषद्ले विद्यालय यातायात उद्योगधन्दा बन्दको अह्वान गरेकोमा पाथीभरा क्याम्पसका विद्यार्थीहरुले ताप्लेजुङमा जुलुश निकालेका छन् । विद्यार्थीहरुरुले पढ्न पाउने अधिकारको ग्योरन्टी गर्नुपर्ने माग गर्दै जुलुस निकालेका थिए ।

फाल्गुण १ गतेदेखि भएको लिम्बुवान क्षेत्र बन्दको कारण ताप्लेजुङमा ग्यास चामल लगायत दैनिक उपभोग्य सामानहरुको अभाव भएको छ । बन्दका कारण जनजीवन निकै कष्टकर बनेकेा छ । यस्तै तराईमा जारी आन्दोलन र आमहड्तालका कारण पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ । एकसातादेखि पेट्रोलियम पदार्थको अभाव भएपछि लमजुङमाविरामी बोक्ने एम्बुलेन्स समेत चलेका छैनन् । लमजुङ जिल्ला सामुदायिक अस्पताल नेपाल रेडक्रस सोसाइटी भारतीय भूपू सैनिक लगायतका संघसंस्थासंग रहेका एम्वुलेन्स नचलेपछि काठमाडौ पोखरा लगायतका ठाउँमा लानुपर्ने सिकिस्त विरामीहरुको ज्यानै जाने खतरा देखिएको छ । लमजुङवाट चल्ने लामो तथा छोटो दुरीका यातायातका साधानहरु पनि छिट्फुटमात्रामा चलेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com