Welcome, Guest Log In Sign Up  

मधेशको माग र चेतावनीको लहर कति हो कति

dipuby dipu
Fri Jan 23, 2009 7:37 pm NST

दिन दिनै हत्या र हिशाहरु सामान्य जस्तै वन्दै गएको मधेशको राजनीतिक मुद्धा पनि सहज रुपले अघि वढ्ने सकेत भने देखीएको छैन । हाल सत्तामा रहेका हुन् वा सत्ता वाहिर रहेका दलहरु नै किन नहुन् स्वायत्त मधेश प्रदेश या कुने पनि राजनीतिक विषयमा सरकारमाथि दवाव र आन्देालनको चेतावनी दिईरहेका छन् ।

यसै मेसोमा सत्तामै सहभागी दल सद्भावना पार्टीले विगतमा मधेशी मोर्चासग भएको आठ वुदे सम्झौता लागु नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । माग परा नभए फागुण १६ गतेदेखी शान्तिपुर्ण आन्दोलन गर्ने सो पार्टीले चेतावनी दिएको हो ।

आज सरकारका वाणिज्य तथा आपुर्ति मन्त्री एव पार्टी अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउदै यी शर्तहरु अघि सारेको छ । साथै आज वुझाईएको सो ज्ञापन पत्रमा पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने राजनीतिक नियुक्तिहरुमा आफ्नो पार्टीलाई सहभागि गराउनु पर्ने सद्भावनाले माग गरेको छ । ज्ञापन पत्र वुझ्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विगतको सरकारले मधेशवादी दलहरुसँग गरेको सम्झौतामा तत्काल पूरा गर्न सकिने विषय पूरा गर्दै जाने बताउनु भएको छ । यस्तै तत्कालै पूरा गर्न नसकिने मागलाई संविधानसभाबाट पूरा गरिने उहाँले जानकारी दिनुभएको छ ।

उता अर्को मधेशवादी दल तराई मधेश लोकतान्त्रिक पार्टीले राज्य पुनसरचना गर्नु पुर्व मधेशमा फेरी जनगणना गर्नु पर्ने नया शर्त अघि सारेको छ । आज सम्पन्न सो पार्टीको राष्ट्रिय कार्यकर्ता सम्मेलनले सरकारमा रहेका मधेशी जनअधिकार फोरम र सदभावना पार्टीको अवसरवादका कारण विगतको मधेश आन्दोलनको सहमति कार्यान्वयन हुन नसकेको पनि ठहर गरेको छ ।

मधेशका मुद्धालाई सम्बोधन गर्न वर्तमान सरकारले नसकेको तमलोपाले आरोप लगाएको छ । स्मरणीय छ कि राष्ट्रपति निर्वाचन ताकादेखी माओवादी नेतृत्वको सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएर तमलोपा मधेशी मुद्धाहरु अघि सार्दै विरोध र दवावमा उत्रदै आएको छ ।

त्यस्तै मधेशी जनअधिकार फोरमका नेताहरुले पनि पटक पटक विगतमा भएको सहमति कार्यन्वयन नभए सरकार छाड्ने चेतावनी दिदै आएको छ । गत फागुण ८ गते मधेशी मोर्चासग तात्कालिन काग्रेस नेतृत्वको सरकारले स्वायत्त मधेश प्रदेशको चाहना पुरा गर्ने सेनामा समुहगत प्रवेश जस्ता विषयमा ८ वुदे सम्झौता गरेको थियो ।

नेपालको राष्ट्रियतासग समेत जोडिएको महत्वपुर्ण प्रश्न वनेको मधेशका प्रमुख क्षेत्रीय पार्टीहरुको यी चेतावनहिरु जे जस्ता भएपनि यो समस्या निकै सवेदनशील वन्दै गएको विष्लेषकहरुले वताएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com