Welcome, Guest Log In Sign Up  

पिएल ए को विज्ञप्ती

dipuby dipu
Fri Jan 23, 2009 7:26 pm NST

केहि दिन देखि जनमुक्ती सेनाको विषयमा राजनैतिक दलका नेताहरुले विभिन्न टिका टिप्पणी गरिरहेका वेला जनमुक्ती सेना नेपालले आफ्नो गंभिर ध्यान आकर्षण भएको वताएको छ ।

जनमुक्ती सेना नेपाल सैनिक मुख्यालय का कार्यालय सचिव मंजिल द्धारा आज जारी वक्तव्यमा सेना समायोजनको विकल्प खोज्नुको सट्टा प्रमुख राजनैतिक दलकै नेताहरुले आफ्नो राजनैतिक स्वर्थ पुर्तिको लागि जनमुक्ती सेनालाई तथानाम आरोप लगाएको उल्लेख गरिएको छ ।
वक्तव्यमा केहि दिन अघि एमाले नेता माधव कुमार नेपालले दिएको अभिव्यक्ती प्रति संकेत गर्दै जनमुक्ती सेनाले हतियार वुझाउनु पर्छजेल हाल्नु पर्छ विघटन गर्नु पर्छ भन्ने जस्ता अभिव्यक्ती गैर जिम्मेवार पुर्ण भएको ठहर गरिएको छ ।

अनमिनको निगरानिमा क्यान्टोनमेन्टमा कठिनाई झेल्दै वसिरहेको जनमुक्ती सेनालाई लगाईएको आरोपको भत्सर्ना गर्दै वक्तव्यमा शान्ती प्रकृयालाई समेत अवरोध गर्ने खालका यस्ता अभिव्यक्तीले निम्त्याउने परिणामको जिम्मा स्व्यमले नै लिनुपर्ने उल्लेख गरिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com