Welcome, Guest Log In Sign Up  

आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस

rnby rn
Mon Mar 8, 2010 1:12 pm NST

आज मार्च ८ तारीख, अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस, विश्वका श्रमीक महिलाहरुको हकहितको पक्षमा भएगरेका कामहरुको समिक्षा गर्दै विश्वभर मनाईंदै आएको अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा आज एक सय बर्ष पुरा भएको छ । यसै अवसरमा नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । सन् १९१० मा विभिन्न १७ देशका १०० जना समाजवादी महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्ष विश्वभरका महिलाले आठ मार्चलाई महिला अधिकार आन्दोलन दिवसका रुपमा मनाउन थालेका हुन् । सन् १८५७ मा अमेरिकाको गार्मन्टमा काम गर्ने श्रमिक महिलाहरुले कामको आधारमा निश्चित ज्यालाको मागसहित गरेको प्रदर्शनलाई विश्वका महिलाहरुको आन्दोलनको सुरुवातको रुपमा लिने गरिएको छ । नेपालमा बि।स। १९७५ देखि महिला हकहित र अधिकारका कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो । नेपालमा यो वर्ष ुसबैको विकासका लागि समान अवसर र समान अधिकारु भन्ने मूलनाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईदैछ । नेपालमा संविधानसभामा ३३ प्रतिशत अर्थात १९७ जना महिला सभासद्को सहभागिता छ । सरकारले महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न कानुन निर्माण गरेर लागू समेत गरेको छ । यो वर्ष मात्रै घरेलू िहंसा विरुद्धको ऐन ल्याईएको छ । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले एक सयौं अन्तराष्ट्रिय श्रमीक महिला दिवसका उपलक्ष्यमा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री नेपाललॆ महिला िहंसाविरुद्ध अभियान चलाउन सरकारले सन् २०१० लाई महिला िहंसाविरुद्धको वर्षको रुपमा मनाउने निर्णय गरी कार्ययोजना कार्यान्वयन सुरु गरिसकेको भन्दै यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com